१९ असोज, एजेन्सी ।
चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य अफगानिस्तानले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।
अफगानिस्तानको जितमा नुर अलि जाद्रानले सर्वाधिक ३९ रन बनाउँदा कप्तान गुल्वादिन नाइवले अविजित २६ रन बनाए । जाद्रानले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। १९ बल खेलेका नाइवले १ चौका र ३ छक्का प्रहार गरे । अफसार जाजाइले २१ बलमा १३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
पाकिस्तानका उसमान क्वादिर र अर्फात मिन्हासले समान २ विकेट लिँदा सुफियान मुकिम र क्वासिम अक्रामले एक एक विकेट हात पारे । त्यसअघि पाकिस्तानका ओपनर ओमेर युसुफले सर्वाधिक २४ रन बनाउँदा अन्य कुनै पनि ब्याटर चल्न सकेनन्। रोहेल नाजिर १०, हराफात मिन्हास ११३ र अमिर जमालले १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जसको परिणाम अन्तिम १२ बल अघि नै अलआउट हुँदा सामान्य लक्ष्य मात्रै प्रस्तुत गर्न सक्यो । अफगानिस्तानका फरीद अहमदले सर्वाधिक ३ विकेट लिए। क्वीस अहमद र जाहिर खानले २÷२ विकेट लिँदा गुल्वादिन नाइव र करिम जनतले १÷१ विकेट लिए । अब उपाधिका लागि शनिबार अफगानिस्तान र भारत भिड्ने भएका छन् ।
भारत शुक्रबार बिहान बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । पाकिस्तान र बंगलादेश फाइनल अघि शनिबार नै तेस्रो स्थानका लागि भिड्ने छन् । नेपाल क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको थियो ।
विश्वकपका कारण एसियाडमा टेस्ट राष्ट्रका राष्ट्रिय टोली गएका छैनन् । भारतमा जारी आइसिसी विश्वकप २०२३ को दोस्रो खेलमा आज पाकिस्तान र नेदरल्यान्ड्स मैदानमा छन् । हैदराबादमा दुई समूहबीचको खेल जारी छ ।