६१ किलो सुन प्रकरणः २५ जना पुर्पक्षका लागि थुनामा

१९ असोज ८०, शनिबार

२० असोज, काठमाण्डौ ।
६१ किलो सुन प्रकरणमा जिल्ला अदालत काठमाडौंले २५ जनालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको छ । न्यायधीश माधव प्रसाद मैनालीको इजलासले २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरको हो । अदालतले अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयकी एजेन्ट रुक्मिणा सुब्बालाई भने पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनी घाँटीको क्यान्सर पीडित हुन् ।

सुन प्रकरणमा २९ जनालाई प्रतिवादी बनाइएको छ । जसमा ३ जना फरार रहेका छन् । प्रतिवादी सबैलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको छ । ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगोदाबी गर्दै मुद्दा दायर भएको थियो । यस्तै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सयुज श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सयुजलाई थुनामा पठाउन आदेश दिएको हो । पटकपटक अदालतको अवज्ञा गरेकाले सयुजलाई थुनामा राखेर पुर्पक्ष गर्न अदालतले आदेश दिएको उपप्राध्यापक चलाउनेले जानकारी दिए । सुरूमा जिल्ला अदालतले सयुजसहित ७ जनालाई धरौटीमा छाडेको थियो ।

Advertisement

सयुज लगायत आफूमाथि आक्रमण गर्नेहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालतको निर्णयविरूद्ध चलाउने उच्च अदालत पाटन गएका थिए । उच्च अदालतले २०७७ फागुनमा पाँच लाख धरौटी, एक लाख अन्तरिम क्षतिपूर्ति तिराउन र नतिरे थुनामा पठाउन आदेश दिएको थियो । उक्त आदेशविरूद्ध चलाउने सर्वोच्च अदालत गएका थिए ।

त्यो बेलासम्म सयुजले धरौटी र अन्तरिम क्षतिपूर्ति बुझाएका थिएनन् । धरौटी बुझाउने म्याद समेत गुजारेका थिए । सर्वोच्चले अदालतको प्रकृया पूरा नगरेको, धरौटी बुझाउने म्याद गुजारेको लगायत कारण देखाउँदै पुर्पक्षका लागि थुनामा राख्न पर्ने वा नपर्ने यकिन गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यहीबीचमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि उनले धरौटीमा छुटी पाउँ भन्दै निवेदन दिए । उनको निवेदनमाथि न्यायाधीश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । प्रेम चलाउनेमाथि २०७७ साल असोज २० गते त्रिवि विश्वविद्यालयमा कुटपिट भएको थियो । उनीमाथि सयुजसहित सात जनाले कुटपिट गरेका थिए ।

नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले कुटपिट गरेको आरोप थियो । गत जेठ ३० गते बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय समेत गरेको थियो ।

त्यसविरूद्ध उनी सर्वोच्च समेत पुगेका थिए । उक्त निर्णयविरूद्ध उनले अनसन समेत सुरू गरेका थिए । सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशदिएसँगै उपप्राध्यापक चलाउनेले अनसन पनि स्थगित गरेका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top