सोविता गौतम विश्वकै युवा राजनीतिज्ञको सूचीमा

२० असोज, काठमाण्डौ ।
पार्टी गठन पछिको पहिलो र अन्त्य छोटो समयावधिमा सहभागिता जनाएर पनि देशकै चौथो ठूलो राजनीतिक दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रभावशाली सांसद सोविता गौतम विश्वकै चर्चित युवा राजनीतिज्ञको सूचीमा परेकी छन् । सोविता ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी हुन् ।

वान योङ वर्ल्डले १५ जनाको नाम सर्टलिस्ट गरेको हो । जसमा नेपालबाट गौतम परेकी छन् । १८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोविता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ । साथै भ्रष्टाचार विरुद्धको गौतमको अभियान र लोकप्रियताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी भएको पनि वान वर्ल्डले लेखेको छ ।

Advertisement

उसले लेखेको छ, सोबिताको लोकप्रियताले युवाहरूको आवाजलाई निर्णय प्रक्रियामा प्रभावकारी रूपमा प्रतिनिधित्व गर्ने सुनिश्चित गर्दै राजनीतिमा युवाहरूको संलग्नताका लागि उत्प्रेरकको रूपमा काम गर्छ। राजनीतिमा उनीहरूको प्रभावका आधारमा सर्टलिस्ट गरिएको हो । यी १५ जनामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गरिनेछ ।

Advertisement

विजेताहरुको घोषणा जुलाइमा युवा विश्व शिखर सम्मेलन वेलफास्ट २०२३ बाट हुनेछ । सोवितासँगै विश्वभरका अन्य १४ हाइ प्रोफाइल युवा मन्त्री, सांसद, मेयर यो अवार्डका लागि मनोनित भएका छन् । जसमा चिलिकी महिलामन्त्री एन्टोनिया कस्मिका, अर्जेन्टिनाकी सांसद कामिला, अस्ट्रेलियाकी विधानसभा सदस्य आयर, अस्ट्रेलियाकै सिनेटर फातिमा, जिम्वावेका जर्ज एम्वान्जा लगायत रहेका छन् ।

२७ वर्षको उमेरमा संसदमा प्रवेश गरेकी सोविता काठमाडौं २ बाट विजयी भएकी हुन् । सोविता पूर्वपत्रकार तथा अधिवक्ता समेत हुन् । नेपाल टेलिभिजनमा काम गर्दागर्दै उनी राजनीतिमा प्रवेश गरेकी हुन् । यस्तै विभिन्न सामाजिक संघसंस्थामा मुख्य भूमिकामा रही बोर्ड सञ्चालन गरेको तथा पर्यटन व्यवसाय सञ्चालन गरेको पनि अनुभव छ । २०५२ सालमा दोलखामा जन्मिएकी उनी कानुनमा स्नातक हुन् । उनले आफ्नो राजनीतिक जीवनमा प्रधानमन्त्री, राष्ट्रपतिसम्मको लक्ष्य राखेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top