Nepal Times
Nepal Times
909
Shares

अनमोल केसीलाई थुनाएका सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी

अनमोल केसीलाई थुनाएका सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी

२१ असोज, काठमाण्डौ ।
चलचित्र ‘प्रसाद २’ को विवादमा निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

जाहेरीमा ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई पनि विपक्षी बनाइएको छ । सोही जाहेरीअनुसार अग्रवाललाई प्रहरीले शुक्रबार दरबारमार्गबाट पक्राउ गरेको थियो । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

उनीहरुविरुद्ध आपराधिक विश्वासघात गरेको आरोप लगाइएको छ । यसअघि भने सुदर्शन थापाको जाहेरीमा नायक अनमोल केसी पक्राउ परेका थिए । प्रहरीले दुई दिन हिरासतमा राखेर उनलाई हाजिरी जमानीमा छाडेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.