इजरायलमा १२ नेपाली सम्पर्कविहीन, सरकार के गर्दैछ ?

२१ असोज,एजेन्सी ।
परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा लामो र कठिन हुनसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा इजरायलमा रहेका नेपालीहरूलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले भने, ‘अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बेलायतका प्रधानमन्त्रीले जनाएअनुसार इजरायल युद्धमा रहेको र सो युद्ध लामो र कठिन रहने बताउनुभएको छ।

त्यहाँको सुरक्षा वातावरण केही समयसम्म जटिल र संवेदनशील रहने देखिन्छ। सरकार इजरायलमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग समन्वय र सहजीकरण गर्नको लागि पूर्ण प्रतिबद्ध रहेको छ।’ साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको बताएका छन् । बैठकमा इजरायल घटनाबारे जानकारी गराउँदै सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरू सम्पर्कविहीन भएको उनले बताएका छन् ।

उनले भने, ‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ।’ इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थिति पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले राख्न, उद्धार तथा सहयोग गर्नको लागि आवश्यक सहजीकरण र समन्वय भइरहेको उनले बताएका छन् । हाल इजरायलमा ४ हजार ५ सय नेपाली केयर गिभरका रुपमा कार्यरत रहेको मन्त्री साउदले बताए।

उनका अनुसार इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका विद्यार्थीं २६५, कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका छन्। यस्तै परराष्ट्रमन्त्री साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् ।

आइतबार मन्त्रालयमा बोलाएर उनले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका हुन् । छलफलका क्रममा उनले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे कुराकानी गरेका छन् ।

जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाएका छन् । उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवादसमेत दिएका छन् ।

शनिवार इजरायलमा प्यालिस्टाइनी विद्रोही समूह हमासले सुरु गरेको आक्रमणपछि हालसम्म ३०० भन्दा बढी इजरायलीको ज्यान गएको बताइएको छ । १५०० भन्दा बढी इजरायली पनि घाइते भएका छन् । अहिले इजरायलबाट पनि गाजापट्टीमा आक्रमण जारी छ । हमासको आक्रमणपछि मानिसहरू घरमै थुनिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले नागरिकहरूलाई शेल्टरमा मात्रै बस्न आग्रह गरेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top