Nepal Times
Nepal Times
3
Shares

नेप्सेमा आज दोहोरो अङ्कको गिरावट

नेप्सेमा आज दोहोरो अङ्कको गिरावट

असोज २२, काठमाण्डौ ।
हिजो आइतवार साढे ३५ अङ्कले घटेको शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ विन्दुमा झरेको छ ।

आज उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर र हिमालय लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले बढेको छ ।

आज ४३ लाख २७ हजार कित्ता शेयर एक अर्ब १७ करोड एक लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.