आफूले बोलेको कुराको गलत अर्थाएपछि रघुजी तनावमा

२२ असोज ८०, मंगलबार

२३ असोज, काठमाण्डौ ।
आफूले बोलेको कुरालाई काँटछाँट गरेर विवादित बनाइएको भन्दै नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले त्यस्ता सामग्री बनाउनेमाथि कारबाहीको माग गरेका छन् । पन्तले इजरायलमा नेपाली विद्यार्थीको मृत्यु हुनुभन्दा अघि बेग्लै सन्दर्भमा बोलेको सैद्धान्तिक विषयलाई अहिले आएर केही युट्युब र सामाजिक सञ्जालमा आफू अनुकूल काटेर अनर्थ लगाई भाइरल बनाइएको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।

बेग्लै सन्दर्भमा बोलेका कुरालाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक भएको उल्लेख गर्दै नेता पन्तले टिकटक, युट्युब आदीमा भाइरल बनाइएका ती सामग्री तत्काल हटाउन माग पनि गरेका छन्।

सांसद पन्तले एक विज्ञप्ति जारी गर्दै ’बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएकाले यस्ता भिडिओहरू तत्काल हटाउन माग गरेका छन्। उनले गलत भिडिओ बनाएर प्रचार गर्ने कार्य रोक्न समेत सम्बन्धित क्षेत्रले आवश्यक पाइला चाल्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।

Advertisement

’इजरायलमा नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परी मारिएको समाचार आउनु भन्दा अघि बोलेका कतिपय बोलीलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडिओ बनाएर टिकटक–युट्युब आदिमा राखी केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, पन्तले विज्ञप्तिमा लेखेका छन्, ’म उक्त घटनामा परी मारिनु भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारका सबै सदस्यहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’

उनले विज्ञप्तिमा सरकारले नेपालीहरूको परिवारलाई इजरायली सरकारबाट थप क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल थाल्नुपर्ने उल्लेख गरेका छन्। ’मेरो भनाइलाई काँटछाँट गरी त्यसरी गलत अर्थ लाग्ने भिडिओ बनाइ प्रचार गर्ने कार्यबाट सम्बन्धित व्यक्तिहरूको भावनामा चोट पर्न गएको भए त्यसप्रति गहिरो दुःख व्यक्त गर्दछु र कसैलाई पनि चोट पु¥याउने मेरो आशय नभएको कुरा व्यक्त गर्दछु’, उनले भनेका छन्।

Advertisement

सार्वजनिक भएको भिडियोमा इजरायल प्लोस्टाइनबीच लामो समयदेखि द्धन्द रहेको सरकार, त्याहा जाने मान्छे र त्याहा लैजानै सबैलाई जानकारी रहेको भन्दै त्याहा जाने स्वयम जिम्मेवार हुनुपर्ने आशय देखाइएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top