चिकित्सकीय चमत्कार !कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण

२३ असोज २०८०, मंगलबार
Share this
700shares

२३ असोज,काठमाण्डौ ।
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरले एकै व्यक्तिको कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण गरेको छ। अस्पतालले यही असोज २२ गते सोमबार नेपालको इतिहासमै पहिलो पटक यस्तो दुर्लभ शल्यक्रिया गरेको जनाएको छ।

Advertisement

यो गहन र जटिल शल्यक्रियाका लागि किष्ट अस्पतालले ‘मल्टी–डिस्किप्लिनरी एप्रोच’ अन्तर्गत वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसीयू क्रिटिकल केयर विशेषज्ञ, ब्लड बैंक, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसलिस्ट फिजिसियन्स एन्ड सर्जन तथा नर्सिङका दक्ष प्राविधिकहरु गरी १०० जनाभन्दा बढी प्राविधिक जनशक्ति परिचालित गरेको थियो।

Advertisement

यो शल्यक्रिया गर्नका लागि १८ घन्टाभन्दा बढी समय लागेको थियो। कलेजो तथा मिर्गौला ग्रहण गर्ने व्यक्ति भरतपुर, चितवन निवासी ३४ वर्षीया महिला हुन्। उनलाई आफ्नै ३५ वर्षीय श्रीमानले कलेजो दान गरेका थिए भने ३२ वर्षीया भाउजुले मिर्गौला दान गरेकी थिइन्।

Advertisement

उक्त शल्यक्रिया सम्पन्न गर्न भारतको अपोलो अस्पतालका चिफ ट्रान्सप्लान्ट सर्जन डा निरभ गोयल, सिनियर ट्रान्सप्लान्ट सर्जन डा अरुणकुमार भेनुथुरिमिल्ली र चिफ ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा सञ्जीव अनेजाको सहभागिता रहेको थियो।

किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्य चिकित्सक प्राडा मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त लिभर ट्रान्सप्लान्ट सर्जन डा एकानन्द सिंह, लिभर ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा वरुण श्रेष्ठ, मिर्गौला ट्रान्सप्लान्ट सर्जन डा नारायण भुसाल, मिर्गौला ट्रान्सप्लान्ट नेफ्रोलोजिस्ट डा सन्तोष क्षेत्री र डा कश्यप दाहाल लगायत अन्य वरिष्ठ चिकित्सकहरुको सहभागिता रहेको अस्पतालले जनाएको छ ।

यो दुर्लभ रोगको पहिचान किष्ट अस्पतालमा नै भएको थियो। यस्तो जटिल अवस्थाको बिरामीलाई प्रत्यारोपण गर्नुअघि विस्तृत स्वास्थ्य परीक्षण तथा शरीरमा कलेजोले पैदा गरिरहेको टक्सिक केमिकलको प्रभाव कम गरी शल्यक्रियाका लागि तयारी गर्न करिब ६ महिना लागेको अस्पतालले जनाएको छ।

किस्ट अस्पताल नेपालका प्राइभेट अस्पतालहरुमध्ये मानवका दुवै अंग कलेजो र मिर्गौला प्रत्यारोपण गर्ने एक मात्र मान्यताप्राप्त अस्पताल हो। छोटो अवधिमा नै यस अस्पतालले ११५ भन्दा धेरै अंग प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको अस्पतालले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top