चिकित्सकीय चमत्कार !कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण

२२ असोज ८०, मंगलबार

२३ असोज,काठमाण्डौ ।
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरले एकै व्यक्तिको कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण गरेको छ। अस्पतालले यही असोज २२ गते सोमबार नेपालको इतिहासमै पहिलो पटक यस्तो दुर्लभ शल्यक्रिया गरेको जनाएको छ।

यो गहन र जटिल शल्यक्रियाका लागि किष्ट अस्पतालले ‘मल्टी–डिस्किप्लिनरी एप्रोच’ अन्तर्गत वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसीयू क्रिटिकल केयर विशेषज्ञ, ब्लड बैंक, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसलिस्ट फिजिसियन्स एन्ड सर्जन तथा नर्सिङका दक्ष प्राविधिकहरु गरी १०० जनाभन्दा बढी प्राविधिक जनशक्ति परिचालित गरेको थियो।

यो शल्यक्रिया गर्नका लागि १८ घन्टाभन्दा बढी समय लागेको थियो। कलेजो तथा मिर्गौला ग्रहण गर्ने व्यक्ति भरतपुर, चितवन निवासी ३४ वर्षीया महिला हुन्। उनलाई आफ्नै ३५ वर्षीय श्रीमानले कलेजो दान गरेका थिए भने ३२ वर्षीया भाउजुले मिर्गौला दान गरेकी थिइन्।

उक्त शल्यक्रिया सम्पन्न गर्न भारतको अपोलो अस्पतालका चिफ ट्रान्सप्लान्ट सर्जन डा निरभ गोयल, सिनियर ट्रान्सप्लान्ट सर्जन डा अरुणकुमार भेनुथुरिमिल्ली र चिफ ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा सञ्जीव अनेजाको सहभागिता रहेको थियो।

किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्य चिकित्सक प्राडा मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त लिभर ट्रान्सप्लान्ट सर्जन डा एकानन्द सिंह, लिभर ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा वरुण श्रेष्ठ, मिर्गौला ट्रान्सप्लान्ट सर्जन डा नारायण भुसाल, मिर्गौला ट्रान्सप्लान्ट नेफ्रोलोजिस्ट डा सन्तोष क्षेत्री र डा कश्यप दाहाल लगायत अन्य वरिष्ठ चिकित्सकहरुको सहभागिता रहेको अस्पतालले जनाएको छ ।

यो दुर्लभ रोगको पहिचान किष्ट अस्पतालमा नै भएको थियो। यस्तो जटिल अवस्थाको बिरामीलाई प्रत्यारोपण गर्नुअघि विस्तृत स्वास्थ्य परीक्षण तथा शरीरमा कलेजोले पैदा गरिरहेको टक्सिक केमिकलको प्रभाव कम गरी शल्यक्रियाका लागि तयारी गर्न करिब ६ महिना लागेको अस्पतालले जनाएको छ।

किस्ट अस्पताल नेपालका प्राइभेट अस्पतालहरुमध्ये मानवका दुवै अंग कलेजो र मिर्गौला प्रत्यारोपण गर्ने एक मात्र मान्यताप्राप्त अस्पताल हो। छोटो अवधिमा नै यस अस्पतालले ११५ भन्दा धेरै अंग प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको अस्पतालले जनाएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top