Nepal Times
Nepal Times
297
Shares

आज सुनको भाउ सामान्य घट्दा चाँदीको स्थिर

आज सुनको भाउ सामान्य घट्दा चाँदीको स्थिर

२४ असोज,काठमाण्डौ ।

नेपाली बजारमा बुधबार सुनको सामान्य घटेको छ।मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

आज चाँदी प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.