Nepal Times
Nepal Times
216
Shares

मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको गरिमा,गरिमालाई कसरी भोट गर्ने ?

मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको गरिमा,गरिमालाई कसरी भोट गर्ने ?

२४ असोज, काठमाण्डौ ।
मिस ग्राण्ड नेपाल–२०२३ की विजेता गरिमा घिमिरे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन भियतनाम पुगेकी छन् । उनले पहिलो चरणमा मिस ग्राण्ड इन्टरनेशनल प्रतिस्पर्धाको शीर्ष २० भित्र रहनका लागि सामाजिक संजालबाट भोट गर्नुपर्ने भएकाले सबैलाई भोटका लागि अपिल गरेकी छन् । उपाधि जित्ने लक्ष्य सहित भियतनाम पुगेकी विराटनगरकी घिमिरे मिस ग्राण्ड नेपालको प्यारेन्ट प्रतिस्पर्धामा छिन् ।

उनले सामाजिक संजालमार्फत आफ्नो अहिलेसम्मको यात्रालाई थप उचाईमा पुर्याउन अधिक लाइक, शेयर र कमेन्ट गरिदिन आग्रह गरेकी छन् । यसका लागि फेसबुक, र इन्स्टाग्राममा गएर मिस ग्रान्ड इन्टरशेनलमा गरिमा घिमिरेका तस्वीरमा कमेन्ट, लाइक र शेयर गर्नुपर्नेछ । फेसबुकमा एक लाइक बराबर उनले ५ पोइन्ट पाउने छिन् भने एक शेयर गरे बराबर १० पोइन्ट पाउने छिन् ।

यस्तै इन्स्टाग्राममा एट्द रेट मिस ग्रान्ड इन्टरनेशनलमा गएर भोट गर्नुपर्नेछ । गरिमालाई इन्स्टाग्रामबाट तस्विरमा एक लाइक बराबर १० पोइन्ट मिल्नेछ । भोट गर्नुअघि मिस ग्राण्ड इन्टरनेशनलको पेजलाई भने अनिवार्य लाइक गर्नुपर्नेछ । भोट गर्ने अन्तिम मिति बुधबार रातिको ११ बजेसम्म मात्रै रहेको छ ।

२१ वर्षीया गरिमा मिस युनिभर्स नेपाल–२०२३ को उपविजेता घोषित भएकी थिइन् । फस्ट–रनरअप बनेपछि उनले मिस ग्राण्ड इन्टरनेसनलमा मुलुकको प्रतिनिधित्व गर्ने मौका पाएकी हुन् । आगामी अक्टोबर २५ मा भियतनामको होचीमिन्ह सहरस्थित फुथो रंगशालामा प्रतिस्पर्धाको ११ औं संस्करण आयोजना हुँदैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.