अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

२४ असोज, एजेन्सी ।
अफगानिस्तानमा फेरि शक्तिशाली भुकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ५ बजे १० मिनेट जाँदा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गएको शनिबार पनि अफगानिस्तानको हेरात सहरदेखि २ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परी १२ सय भन्दा भन्दा धेैरैको ज्यान गएको छ ।

शनिवारको भुकम्पले हेरात सहदेखि ४० किलोमिटर परका कयौँ गाउँहरू ध्वत पारेको थियो । आजको भूकम्पले पुर्याएको क्षतिका विवण आउन भने बाँकी छ । भूकम्प पीडितलाई खानेकुरा, कम्बल लगायतका सामग्री अभाव भएको खबरहरुमा उल्लेख छ । शनिवारको भूकम्पपछि घर गुमाएका मानिसहरू खुला आकाशमुनि सुतिरहेका बेला अर्को भूकम्प गएको हो ।

अफगानिस्तान भूकम्पको एकदमै उच्च जोखिममा छ किनभने यो भारतीय र युरेशियाली प्लेटहरू भेट हुने कैयौँ फल्टलाइनमाथि अवस्थित छ । जमिनमुनि पृथ्वीभित्र रहेका टेक्टोनिक प्लेटमा अकस्मात् हलचल हुँदा भूकम्प जान्छ । प्लेटहरू ठोक्किएपछि बनेका चिरालाई ’फल्टलाइन’ भनिन्छ ।

Advertisement

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला संयोजन निकायका अनुसार विगत एक दशकमा अफगानिस्तानमा भूकम्पका कारण ७,००० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । औसतमा प्रत्येक वर्ष ५६० जनाको मृत्यु भएको छ । जापान र दक्षिण अमेरिकाका अरू देशहरूमा अफगानिस्तानमा भन्दा बढी भूकम्प जाने गर्छ । तर अफगानिस्तान विशेष रूपमा उच्च जोखिममा छ किनभने त्यहाँ घरहरू भूकम्पप्रतिरोधी छैनन् ।

त्यहाँ काठ र माटोको इँटले वा कमजोर कङ्क्रिटले घर बनाइन्छ । भूकम्पका कारण पहाडहरूमा जाने पहिरोले पनि ठूलो क्षतिहरू गराउँछ । त्यसले पहाडमा अवस्थित गाउँहरूमा रहेका घरहरू बगाउनुका साथै नदीहरू अवरुद्ध पारेर भीषण बाढी पनि आउन सक्छ ।

Advertisement

कतिपय अवस्थामा भूकम्प गएको खबर अधिकारीहरूसमक्ष पुग्न कैयौँ दिन पनि लाग्न सक्छ । पहिरोले सडक बन्द गराउन पनि सक्छ जसले उद्धारकर्ता र उद्धार सामग्री दुर्गम पहाडी भेगसम्म पु¥याउन समय लाग्छ । वर्षा वा हिउँ, तुवाँलो र एकदमै चिसोजस्ता चरम मौसमी अवस्थाले उद्धारका प्रयासलाई बारम्बार प्रभावित तुल्याइरहन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top