पक्राउ पुर्जीपछि पुटिन पहिलो पटक किर्गिस्तान पुगे

२५ असोज, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुर्लभ विदेश भ्रमणमा बिहीबार किर्गिस्तान पुगेका छन् । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो । युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ । आइसीसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राखेको अवस्थामा ती देश उनलाई गिराफ्तार गर्न बाध्य हुनेछन् ।

यद्यपि किर्गिजस्तानले आइसीसीको सदस्यता लिएको छैन् । रुसी समाचार समितिहरू तास, इन्टरफ्याक्स र रिया नोभोस्तीले बिहीबार बिहान पुटिन किर्गिजस्तान पुगेको बताएका छन् । किर्गिस्तानमा पुटिनले बिहीबार आफ्ना समकक्षी राष्ट्रपति सदिर झापारोभ लगायतसँग भेट गर्नेछन्। उनी शुक्रबार किर्गिस्तानले आयोजना गरिरहेको स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमंडल शिखर सम्मेलनमा भाग लिनेछन्।

यस शिखर सम्मेलनमा अजरबैजान, बेलारुस, काजाकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका नेताहरू पनि सहभागी हुनेछन्। आपसी आरोप–प्रत्यारोपका बीच मस्कोसँग येरेभानको सम्बन्ध बिग्रिएकोले अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान सहभागी हुने छैनन् ।

Advertisement

राष्ट्रपति पुटिनले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि गत डिसेम्बरमा बेलारुस र किर्गिजस्तानको र यसै वर्ष युक्रेनको रुसले कब्जा गरेको भागमा भ्रमण गरेका थिए । अब उनले उत्तर कोरियाका साथै चीनको भ्रमण गर्ने योजना बनाइरहेका छन् । मस्कोले पुटिनलाई विदेशमा पक्राउ गर्ने सम्भावनालाई युद्धसँग तुलना गर्दै पक्राउ पुर्जीलाई ‘गैरकानूनी’ को संज्ञा दिएको छ ।

यद्यपि व्यवहारतः रुसले यसमा सावधानी अपनाएको छ । अगस्ट महिनामा आइसीसी सदस्य मुलुक दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसले पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाएको थियो । युक्रेनमाथि पूर्णस्तरको आक्रमणपछि पुटिनलाई पश्चिमी दुनियाँमा अवान्छित व्यक्ति बनाइदिएको छ ।

Advertisement

आइसीसीको उक्त निर्णयले पुटिनलाई संसारको ढोकाको ठूलो हिस्सा बन्द गरिदिएको छ । रोम विधानलाई एकसय २३ मुलुकले अनुमोदन गरेका छन् । उक्त विधानलाई आइसीसीका सदस्यहरूले पालना गर्न आवश्यक छ । यही कारण पुटिन अगस्टमा दक्षिण अफ्रिकामा भएको आर्थिक शिखर सम्मेलनमा सहभागी हुन सकेनन् ।

यस महिनाको सुरुमा आर्मेनियाले रोम सन्धिलाई अनुमोदन गरेपछि आर्मेनियासँग मस्कोको सम्बन्ध थप तनावपूर्ण भयो। यद्यपि, आर्मेनियाली अधिकारीहरूले क्रेमलिनलाई आश्वस्त पार्ने प्रयास गरेका छन् कि रूसी नेता देशमा प्रवेश गरेपछि गिरफ्तार हुनेछैन।

क्रेमलिनले रुसले आईसीसीको अधिकार क्षेत्रलाई स्वीकार गर्दैन र वारेन्टलाई अमान्य ठानेको बताएको छ। किर्गिस्तानले रोम सन्धिमा हस्ताक्षर गरेको छैन। मध्य एसियामा ताजिकिस्तानले मात्र हस्ताक्षर गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top