मोदीविरुद्ध संसदमा गर्जिए रवि, खोई स्वागत ?

२५ असोज, काठमाण्डौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले जवजस्ती कब्जा जमाएपनि नेपालको संविधानमा समाविष्ट रहेको कालापानी क्षेत्र भ्रमण गरेर नेपालको स्वाधिनतामाथि धक्का दिएका छन् । मोदीको यो भ्रमणलाई लिएर आजको प्रतिनिधि सभा बैठकमा पनि प्रश्न उठेको छ । मोदीको भ्रमणका विषयमा सरकारको जवाफ माग गरिएको छ ।

मोदीको भ्रमणबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा सरकारको जवाफ माग गरेका हुन् । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले मोदीको भ्रमणबारे सदनमा सरकारको जवाफ माग गरेका हुन् ।

‘छिमेकी राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनुभएको रहेछ, न सरकारले सदनलाई जानकारी गराएको छ, न त स्वागत गरेको छ,’ लामिछानेले भने, ‘आफ्नो देशमा छिमेकी देशका (सरकार प्रमुखको) भ्रमणबारे नेपाली जनता र सदनलाई सरकारले जानकारी गराउनुपर्दैन ?’ नेपालले जारी गरेको चुच्चे नक्साभित्र पर्ने कुटी र गुञ्जीमा मोदीले भ्रमण गरेको आफूहरूले मिडियाबाट थाहा पाएको रबिले बताए ।

Advertisement

‘प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्दा हामी त्यहाँ जान पाएनौं भन्ने कुरा आयो । मोदीले भ्रमण गरेको ठाउँ नेपालको नक्साको भू–भागमा पर्दछ,’ रविले भनेका छन् । छिमेकी देशको प्रधानमन्त्री नेपाली भूमिमा आउँदा सरकार बेखबर बसेको भन्दै उनले आपत्ति जनाए । यसविषयमा एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावलले पनि कडा आपत्ति जनाएका छन् ।

सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनको माग छ । एमाले नेता डा. रावल यो निकै संवेदनशील विषय भएको बताए । उनी भन्छन्, ‘लिपुलेक, कालापानी लिम्पियाधुरा नेपालको भूभाग हो । नेपालको नक्सामा नै ती क्षेत्रहरु समेटिएका छन् । त्यहाँ नेपालको जानकारी बेगर भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नु सामान्य कुरा होइन ।’ नेपाल सरकारले यस विषयमा प्रतिक्रिया दिनुपर्ने रावलले बताएका छन् ।

Advertisement

उनले, ‘नेपालका प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू कहाँ हुनुहुन्छ ? नेपाली जनताले सुन्ने गरी उहाँहरुले जवाफ दिनुपर्छ । हामीलाई जानकारी छैन भन्नुजस्तो लाचारी केही हुँदैन । भारतको दिल्लीस्थित राजदूतावास के कामका लागि राखेको हो ?’ भन्दै प्रश्न गरेका छन । यस्तै रास्वपा सांसद विनिता कठायत र एमाले सांसद सूर्य थापाले पनि सरकारसँग मोदीको भ्रमणको जवाफ माग गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी आजै बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका छन् । उनको एक्स अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक भएको छ । पार्वती कुण्डको दर्शनपछि मोदीले उत्तराखण्डको पिथौरागढको पवित्र पार्वती कुण्डमा दर्शन र पूजा गर्दा म अभिभूत छु। यहाँबाट आदि कैलाशको दर्शन गर्दा मन पनि हर्षित हुन्छ ।

प्रकृतिको काखमा बसेको अध्यात्म र संस्कृतिको यो ठाउँबाट आफ्नो देशका सम्पूर्ण परिवारजनमा सुखमय जीवनको कामना गरेको उनले एक्समा लेखेका छन् । मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग सामान्य छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन् । मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् । यस विषयमा नेपाल सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । स्थानीय प्रशासन पनि बेखबर देखिएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top