३ लाख इजरायली सेना गाजाभित्रै पस्दै, अब के हुन्छ ?

२५ असोज, काठमाण्डौ ।
इजरायल र हमासबीचको युद्ध छैटौँ दिनमा प्रवेश गरेको छ । यस युद्धमा हालसम्म २४ सय मानिसले ज्यान गुमाएका छन् । हमासको आक्रमणमा इजरायलमा १२ सयको मृत्यु हुँदा इजरायली सेनाको हवाई कारबाहीमा गाजाक्षेत्रमा पनि १२ सय प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाबाट विस्थापित हुनेको संख्या तीन लाख ३८ हजार पुगेको राष्ट्रसंघले जनाएको छ ।

इजरायल सरकारका अनुसार हमासले शनिबारको आक्रमणपछि १५० जनालाई अपहरण गरेर गाजा पट्टीमा बन्दी बनाएको छ । हमासले इजरायलको हवाई आक्रमण जारी रहे अपरहण गरिएका सबैको ज्यान लिने धम्की दिएको छ । यस्तोमा इजरायल सरकारले हवाई आक्रमण कम गरेर जमिनमा युद्ध गर्ने रणनीति लिएको छ ।

बीबीसीका अनुसार यतिबेला गाजालाई पूर्ण रूपमा घेराबन्दी गरेर इजरायलले सिमानामा ३ लाख सेना तैनाथ गरेको छ । ती सेनालाई गाजाक्षेत्रभित्रै पठाइने सम्भावना छ । यसो हुँदा अब हवाई आक्रमण बन्द हुनेछ र मैदानमा हमासका लडाकुसँग युद्ध चल्नेछ । मैदानमा हुने युद्ध जिते अपहरणमा परेका मानिसहरू सकुशल उद्धार गर्न सकिने इजरायलको सोच छ ।

Advertisement

पछिल्लोपटक हमासको आक्रमणमा इजरायलको हवाई प्रतिरक्षा प्रणाली कमजोर देखिएको विश्लेषण पनि भइरहेको छ । गत शनिबार एकै दिन हमासले ५ हजार रकेट र क्षेप्यास्त्र इजरायलतर्फ आक्रमण गरेको थियो । इजरायलमा आइरन डोम भनिने हवाई प्रतिरक्षा प्रणालीले ९६ प्रतिशत आक्रमणलाई रोक्ने दाबी गरिन्छ । तर, यसपटक आइरन डोम असफल भएको टिप्पणी भइरहेको छ ।

पहिलेजस्तो हमासले यसपटक आक्रमणको कुनै चेतावनी दिएन, साथै उनीहरूले दोस्रो विश्वयुद्धताकाको युद्ध रणनीति अपनाएका कारण पनि यसपटक इजरायलतर्फ धेरै क्षति हुन पुगेको हो । यस्तै हमासका लडाकुहरू समुद्र, सीमाक्षेत्र र आकाशबाटै इजरायल प्रवेश गरेका थिए । इजरायली सेनाका प्रवक्ता रिचर्ड हेचले प्यालेस्टिनी लडाकुहरू प्यारासुटबाट इजरायलको समुद्री तथा स्थल क्षेत्रमा प्रवेश गरेको पुष्टि गरेका छन्।

इजरायलविरुद्ध हमासले प्यारासुटबाट उत्रिएर यसरी आक्रमण गरेको यो नै पहिलोपटक हो । अग्रमोर्चामा रहेको आफ्नो सैन्य टोलीलाई विपक्षीको रेखा पार गराउन सकिन्छ भन्ने उद्देश्यका साथ मोटर प्यारासुटको प्रयोग गरिन्छ । दोस्रो विश्वयुद्धको समयमा जर्मन, जापानजस्ता देशले प्यारासुटबाट आफ्ना सेनालाई अन्य देशको भूमिमा उतारेका थिए ।

अमेरिकाको पर्ल हार्बरमा जापानी सेनाले प्यारासुटबाट अवतरण गरेर भीषण आक्रमण गरेको घटनालाई अझै सम्झिने गरिन्छ । हमासले प्रयोग गरेको मोटर प्यारासुटको माध्यमबाट प्याराग्लाइडरहरू जमिनबाट औसत ५ हजार मिटरको उचाइमा तीन घण्टासम्म उड्न सक्छन् ।

प्याराग्लाइडिङ वेबसाइटहरूका अनुसार उनीहरूले २३० किलोसम्म बोक्न सक्छन् वा उनीहरू चार जना व्यक्तिसम्मलाई एकैसाथ उडाउन सक्छन् । इजरायली सञ्चारमाध्यमहरूका अनुसार इजरायली वायु रक्षा प्रणाली आइरन डोम र राडारजस्ता प्रणालीले क्षेप्यास्त्र र रकेटजस्ता हतियारलाई पत्ता लगाउन सक्छन्, तर प्यारासुटमा आएका दुस्मनलाई प्रतिरक्षा प्रणालीले पत्ता लगाउन नसक्दा यसपटक इजरायलमा धेरै मानिसले ज्यान गुमाएका छन् ।

यसबाट इजरायल आफ्नो प्रतिरक्षा प्रविधिमा पूर्ण रूपमा विश्वस्त र निर्भर थिए भन्ने स्पष्ट हुन्छ । यदि सीमाक्षेत्रमा प्रतिरक्षा प्रणालीसँगै सेना पनि तैनाथ भए उनीहरूले प्यारासुटबाट आएका मानिसहरूलाई आकाशमै विफल बनाउन सक्थे । यसैबीच इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वबारे छलफल गर्न शुक्रबार पुनः संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ ।

आइतबार बसेको बैठकमा इजरायल र प्यालेस्टाइनका विषयमा सुरक्षा परिषद्का सदस्यहरू विभाजित थिए । यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिेन्केनले बिहीबार इजरायलको भ्रमण गर्दै छन् । उनले प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बाससँग पनि भेट गर्ने बताइएको छ । राष्ट्रपति अब्बास हमाससँग जोडिएका छैनन् ।

उनले वेस्ट बैंकमा फतह ‘मुभमेन्ट’ नेतृत्वको सरकार चलाएका छन् । हमासले गाजापट्टीमा शासन गर्दै आएको छ । इजरायलले गाजातर्फ औषधि, खाना, इन्धन, पानी, बिजुलीलगायत सामग्रीको आपूर्ति बन्द गरेको छ । गाजाको एक मात्र विद्युत् केन्द्र बन्द भएको छ । अमेरिकाले इजरायल, राष्ट्रसंघ र इजिप्टसँग केही सहायता पठाउन र स्थानीय बाहिर निस्कने व्यवस्थाका लागि छलफल गरिरहेको बताइएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top