धादिङमा लगातार भूकम्पको धक्काः०७२ कै परकम्प

५ कात्तिक ८०, सोमबार

६ असोज, काठमाण्डौ ।
आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गए यता लगातार परकम्पहरू गइरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार नै ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएका हुन् । बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर पहिलो ठुलो भूकम्प गएको थियो । त्यसपछि बिहान ८ बजेर ८ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प गएको थियो ।

त्यस्तै, ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युड र ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गयो । अपराह्न ४ बजेर ३ मिनेट जाँदा पुनः ४.४ म्याग्निच्युडको परकम्प गयो भने साँझ ५ बजेर ३१ मिनेटमा ५.० म्याग्निच्युड र त्यसको दुई मिनेटपछि नै ५.१ म्याग्निच्युडको लगातार दुई परकम्प गएको थियो । यी सबै परकम्पको केन्द्रबिन्दु धादिङ जिल्ला नै रहेको थियो ।

आइतबार विहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा एकाएक भूकम्पले हल्लायो । दशैंको बेलामा घरमा बसिरहेका धेरैलाई अत्यायो । काठमाडौं उपत्यकाका साथै धादिङ, गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लासम्म भूकम्पको धक्का महसुस भयो । भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार यो २०७२ कै भूकम्पको पराकम्प हो ।

१२ वैशाख २०७२ मा गएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछिका पराकम्पमा परी झण्डै ९ हजारको मृत्यु भएको थियो भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट १२ लाख घर तथा झण्डै चार हजार सार्वजनिक संरचनामा पूर्ण वा आंशिक क्षति पुगेको थियो ।

करिव ३ हजार सांस्कृतिक तथा धार्मिक सम्पदाहरुमा असर गरेको थियो । त्यो विनाशकारी भूकम्पबाट कुल ८८१ अर्ब रुपैयाँ भन्दा बढीको क्षति तथा नोक्सानी भएको सरकारी रेकर्डमा उल्लेख छ । भूकम्प गएको ८ वर्ष भइसक्दा पनि यसको पराकम्प रोकिएको छैन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top