युएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

५ कात्तिक ८०, सोमबार

६ असोज,एजेन्सी ।
त्रिदेशीय टी–२० सिरिजमा युएईले नेपाललाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो। अन्तिम ओभरमा करण केसीले अलि नसिरलाई आउट गरेका हुन् । त्यसअघि अविनाश बोहराले युएईको दुई महत्वपूर्ण विकेट लिए।

युएईका बसिल हमिद र भ्रित्य अरविन्दलाई अर्धशतक बनाउनबाट बोहराले रोकेका हुन्। उनीहरू दुबैजना ४५ रन बनाएर आउट भए । त्यसअघि कुशल मल्लले १२.१ ओभरमा गरेको बलमा अलिशान शराफु रनआउट भए । उनी ९ रन बनाएर आउट भएका हुन् । गुलशन झाले ८.५ ओभरमा आसिफ खानलाई आउट गरे।

खान १८ रन बनाएर आउट भएका हुन्। झाको बल प्रहार गर्नेक्रममा सोमपाल कामीले क्याच आउट गरे । सोमपाल कामीले पनि दुई विकेट लिएका छन्। उनले मोहम्मद वासीमलाई आउट गरेका हुन्। उनलाई गुलशन झाले क्याच आउट गरे। वासीम आठ रन बनाएर आउट भएका हुन्। सोमपालले नै खालिद शाहलाई पहिलो ओभरको छैटौं बलमा बोल्ड गरेका हुन्।

Advertisement

शाह १२ रन बनाएर आउट भए । नेपालले यस सिरिजमा लगातार तीन जित हात पारिसकेको छ । हङकङलाई दुई पटक र युएईलाई एक पटक पराजित गरिसकेको छ। तीन जित हात पारेसँगै नेपालले शुक्रबार हुने कीर्तिपुर क्रिकेट मैदानमा फाइनल खेल्नेछ। त्यसअघि बुधबार युएई र हङकङबीच मुलपानीमा खेल हुनेछ । आइतबार युएईले हङकङलाई ६ विकेटले पराजित गरेको थियो।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top