२ महिनामा यार्सागुम्बा बेचेर ३८ करोड/ साढे ६ करोडको तास आयात

८ कात्तिक ८०, बिहीबार

९ कार्तिक, काठमाण्डौ ।
भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुशार चालु आर्थिक वर्षको दुई महिनामा नेपालले साढे ३८ करोड रुपैयाँ बढीको यार्सागुम्बा निर्यात गरेको छ भने यही अवधिमा साढे ६ करोडको तास आयात गरेको छ । साउन र भदौमा नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, भियतनाम लगायत मुलुकमा ३८ करोड ५९ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।

विभागका अनुसार सो रकम बराबरको ६ सय ७८ किलो यार्सागुम्बा निर्यात गरिएको हो । गत वर्ष सो समयावधिमा ३ सय १४ किलो यार्सागुम्बा निर्यात भएको थियो । सो यार्सागुम्बाबाट १९ करोड १७ लाख रुपैयाँ आम्दानी भएको थियो । यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन ।

समद्र सतहदेखि ३८ सय मिटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेगका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास गरिन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ ।

Advertisement

वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् ।यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, ब्रिटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ ।

नेपालको डोल्पा र मुगु जिल्लामा रहेका १६ वटा पाटन क्षेत्रमा एक महिनाको लागि यार्सागुम्बा सङ्कलनको लागि खुला गरिन्छ। से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका अनुसार यार्सागुम्बा सङ्कलनको लागि डोल्पा मात्रै नभएर जुम्ला, मुगु, कालिकोट, जाजरकोट, रुकुम लगायतका जिल्ला मानिसहरू पुग्ने गरेका छन्। यस क्षेत्रबाट एक वर्षमा १ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार हुने गरेको व्यापारीहरु बताउँछन् ।

Advertisement

धेरैजसो चिनियाँ बजारबाट यार्सागुम्बाको माग हुने भएकाले त्यहाँको भाउ अनुसार प्रतिकिलो यार्सागुम्बा १० लाखदेखि २५ लाख रुपैयाँ सम्ममा बिक्री हुने गरेको उनीहरुको भनाइ छ । यस्तै नेपालमा चालु आर्थिक वर्ष २०८०÷०८१ को दुई महिनामा करिब साढे ६ करोडको तास आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आवको साउन र भदौमा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको छ । सरकारले चार करोड चार लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार नेपालले भारत र चीनबाट तास आयात गरेको छ । भारतबाट ४३ लाख ६३ हजारको तास आयात गरेको छ भने चीनबाट ६ करोड एक लाख २१ हजारको तास आयात भएको भन्सार विभागले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top