Nepal Times
Nepal Times
342
Shares

अमेरिकासंग नेपालको नाफाको व्यापार, चीनसंग घाटाको

अमेरिकासंग नेपालको नाफाको व्यापार, चीनसंग घाटाको

९ कार्तिक, एजेन्सी ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालले सबैभन्दा बढी निर्यात गरेका देशहरुमा भारत, अमेरिका, जर्मनीलगायतका प्रमुख १० देशहरु छन् । एक वर्ष अर्थात् गत आर्थिक वर्षमा नेपालले भारतमा करिब १ खर्ब ६ अर्ब बराबरको निर्यात गरेको छ । भारतबाट नेपालले १० खर्ब २७ अर्ब ८४ करोड रुपैयाँको आयात गरेको छ ।

यसअनुसार भारतसँगको व्यापार घाटा ९ खर्ब २१ अर्ब रहेको छ । यस्तै एक वर्षमा नेपालले अमेरिकामा १९ अर्ब ५७ करोडको निर्यात गरेको छ । अमेरिकाबाट १९ अर्ब ४२ करोडको मात्रै आयात गर्दा, नेपाल १४ करोडले व्यापार नाफामा रहेको छ । यस्तै नेपालले एक वर्षमा जर्मनीमा ४ अर्ब ३५ करोड रुपैयाँको निर्यात गरेको छ ।

तर, ६ अर्ब ७५ कराडको आयात गर्दा २ अर्ब ४० करोडको व्यापार घाटा रहेको छ । बेलायतमा नेपालले गत आर्थिक वर्ष २०७९÷८० मा ३ अर्ब ३३ करोड रुपैयाँको निर्यात गरेको छ । बेलायतबाट ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । नेपालले टर्कीमा २ अर्ब १५ करोड रुपैयाँको निर्यात गर्दा ४ अर्ब ४३ करोडको आयात गरेको छ ।

यसरी टर्कीसँग नेपालको व्यापार घाटा २ अर्ब २७ करोड छ । यस्तै एक वर्षमा नेपालले फ्रान्समा १ अर्ब ८३ करोड रुपैयाँको निर्यात गरेको छ भने ८ अर्ब १२ करोडको आयात गरेको छ । यसरी व्यापार घाटा ६ अर्ब २९ करोड रुपैयाँ रहेको छ । क्यानडामा १ अर्ब ७८ रुपैयाँ बराबरको निर्यात गर्दा त्यहाँबाट ४ अर्बको आयात भएको छ ।

क्यानडासँगको व्यापार घाटा २ अर्ब २८ करोड छ । नेपालले चीनमा १ अर्ब ७६ करोडको निर्यात गर्दा त्यहाँबाट २ खर्ब २२ अर्बको आयात गरेको छ । व्यापार घाटा चीनसँग २ खर्बभन्दा माथि छ । यस्तै नेपालले अस्ट्रेलियामा १ अर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । अस्ट्रेलियाबाट १८ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा १६ अर्ब ९८ करोड छ ।

नेपालले जापानमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । तर, जापानबाट ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा ४ अर्ब छ । नेपालले सबैभन्दा बढी आयात गर्नेमा चीन दोस्रो नम्बरमा भए पनि निर्यातमा भने चीन ८ औं नम्बरमा छ । सबैभन्दा बढी निर्यात गर्ने १० देशको सूचीमा नेपालको व्यापार नाफा अमेरिकासँग मात्रै छ ।

एक वर्षको अवधिमा नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत र दोस्रोमा चीनसँग छ । समग्रमा नेपालले एक वर्षमा साढे १४ खर्बको व्यापार घाटा व्यहोरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात गरेको छ । सोही वर्ष नेपालले १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बरारबको वस्तु निर्यात गरेको हो । नेपालले १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँको घाटा व्यहोरेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.