Nepal Times
Nepal Times
243
Shares

रुसमा परमाणु हमलाको अभ्यास, पुटिन बने साक्षी

रुसमा परमाणु हमलाको अभ्यास, पुटिन बने साक्षी

९ कर्तिक, एजेन्सी ।
रुसी संसदले कुनै पनि देशले आणविक परीक्षण गर्न नपाउने विश्वव्यापी सन्धिसँग सम्बन्धित सम्झौता खारेज गरेपछि पहिलो पटक परमाणु हमलाको अभ्यास गरेको छ । रुसी संसदको दुवै सदनले आणविक परीक्षण प्रतिबन्ध सन्धि खारेज गर्ने विधेयक पारित गरेको छ । रुसले अक्टोबर ६ मा यस सन्धिबाट बाहिरिने घोषणा गरेपछि संसदमा यस सम्बन्धमा विधेयक ल्याइयो ।

यो विधेयक संसदबाट स्वीकृत हुने बित्तिकै रुसी सेनाले सिमुलेटेड आणविक हमलाको अभ्यास गरेको हो । माथिल्लो सदनले विश्वव्यापी आणविक परीक्षण प्रतिबन्धको अनुमोदनलाई अस्वीकार गर्ने मतदान गरेपछि रूसको सेनाले राष्ट्रपति भ्लादिमिर पुटिनको निगरानीमा परमाणु स्ट्राइक अभ्यास गरेको छ। द गार्डियनको रिपोर्टका अनुसार रुसी रक्षामन्त्री सर्गेई शोइगुले परमाणु हमलाको अभ्यास यसअघि पनि गरिसकिएको बताएका छन् ।

तिनीहरूको उद्देश्य शत्रु आणविक आक्रमणसँग प्रतिस्पर्धा गर्ने अभ्यास गर्नु रहेको उनले बताएका छन् । उनले राष्ट्रपति भ्लादिमिर पुटिनले उच्च सैन्य अधिकारीहरूसँग भिडियो कलमार्फत अभ्यास हेरेको बताए। गत हप्ता रुसी संसदको तल्लो सदनमा व्यापक आणविक परीक्षण–प्रतिबन्ध सन्धिको अनुमोदन अन्त्य गर्ने विधेयक पेश गरिएको थियो।

तल्लो सदनले अनुमोदन गरेपछि बुधबार माथिल्लो सदनले पनि यो विधेयक पारित गरेको छ । पुटिनले यस सन्धिबाट बाहिर निस्कने आफ्नो अडान पहिले नै स्पष्ट गरिसकेका छन्। पुटिनले केही विज्ञहरूले आणविक परीक्षण गर्नु आवश्यक ठान्ने गरेको बताएपनि यस विषयमा अहिलेसम्म कुनै राय नबनाएको बताएका छन् ।

सन् १९९६ मा अपनाइएको परीक्षण प्रतिबन्ध सन्धिले विश्वको कुनै पनि ठाउँमा आणविक विस्फोटलाई प्रतिबन्ध लगाएको छ। यो सन्धिमा रुस पनि समावेश थियो । तर, यो सन्धि पूर्ण रूपमा कार्यान्वयन हुन सकेन । यो सन्धिलाई चीन, भारत, पाकिस्तान, उत्तर कोरिया, इजरायल, इरान र इजिप्टले अहिलेसम्म पूर्ण रूपमा अनुमोदन गरेका छैनन् ।

रुस अहिले यो सन्धिबाट बाहिरिएको छ । अब रसिया नयाँ आणविक परीक्षणहरू गर्न स्वतन्त्र छ र सन्धिका सर्तहरूमा बाँधिएको छैन। रक्षा विज्ञहरूका अनुशार रूसले युक्रेनलाई सैन्य सहायता जारी राख्न अमेरिका र पश्चिमी देशहरूलाई निरुत्साहित गर्न परमाणु परीक्षण पुनः सुरु गर्न सक्छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.