रुसमा परमाणु हमलाको अभ्यास, पुटिन बने साक्षी

९ कर्तिक, एजेन्सी ।
रुसी संसदले कुनै पनि देशले आणविक परीक्षण गर्न नपाउने विश्वव्यापी सन्धिसँग सम्बन्धित सम्झौता खारेज गरेपछि पहिलो पटक परमाणु हमलाको अभ्यास गरेको छ । रुसी संसदको दुवै सदनले आणविक परीक्षण प्रतिबन्ध सन्धि खारेज गर्ने विधेयक पारित गरेको छ । रुसले अक्टोबर ६ मा यस सन्धिबाट बाहिरिने घोषणा गरेपछि संसदमा यस सम्बन्धमा विधेयक ल्याइयो ।

यो विधेयक संसदबाट स्वीकृत हुने बित्तिकै रुसी सेनाले सिमुलेटेड आणविक हमलाको अभ्यास गरेको हो । माथिल्लो सदनले विश्वव्यापी आणविक परीक्षण प्रतिबन्धको अनुमोदनलाई अस्वीकार गर्ने मतदान गरेपछि रूसको सेनाले राष्ट्रपति भ्लादिमिर पुटिनको निगरानीमा परमाणु स्ट्राइक अभ्यास गरेको छ। द गार्डियनको रिपोर्टका अनुसार रुसी रक्षामन्त्री सर्गेई शोइगुले परमाणु हमलाको अभ्यास यसअघि पनि गरिसकिएको बताएका छन् ।

तिनीहरूको उद्देश्य शत्रु आणविक आक्रमणसँग प्रतिस्पर्धा गर्ने अभ्यास गर्नु रहेको उनले बताएका छन् । उनले राष्ट्रपति भ्लादिमिर पुटिनले उच्च सैन्य अधिकारीहरूसँग भिडियो कलमार्फत अभ्यास हेरेको बताए। गत हप्ता रुसी संसदको तल्लो सदनमा व्यापक आणविक परीक्षण–प्रतिबन्ध सन्धिको अनुमोदन अन्त्य गर्ने विधेयक पेश गरिएको थियो।

Advertisement

तल्लो सदनले अनुमोदन गरेपछि बुधबार माथिल्लो सदनले पनि यो विधेयक पारित गरेको छ । पुटिनले यस सन्धिबाट बाहिर निस्कने आफ्नो अडान पहिले नै स्पष्ट गरिसकेका छन्। पुटिनले केही विज्ञहरूले आणविक परीक्षण गर्नु आवश्यक ठान्ने गरेको बताएपनि यस विषयमा अहिलेसम्म कुनै राय नबनाएको बताएका छन् ।

सन् १९९६ मा अपनाइएको परीक्षण प्रतिबन्ध सन्धिले विश्वको कुनै पनि ठाउँमा आणविक विस्फोटलाई प्रतिबन्ध लगाएको छ। यो सन्धिमा रुस पनि समावेश थियो । तर, यो सन्धि पूर्ण रूपमा कार्यान्वयन हुन सकेन । यो सन्धिलाई चीन, भारत, पाकिस्तान, उत्तर कोरिया, इजरायल, इरान र इजिप्टले अहिलेसम्म पूर्ण रूपमा अनुमोदन गरेका छैनन् ।

रुस अहिले यो सन्धिबाट बाहिरिएको छ । अब रसिया नयाँ आणविक परीक्षणहरू गर्न स्वतन्त्र छ र सन्धिका सर्तहरूमा बाँधिएको छैन। रक्षा विज्ञहरूका अनुशार रूसले युक्रेनलाई सैन्य सहायता जारी राख्न अमेरिका र पश्चिमी देशहरूलाई निरुत्साहित गर्न परमाणु परीक्षण पुनः सुरु गर्न सक्छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top