फिफा वरीयतामा नेपालको सुधार/दुई स्थान माथि उक्लियो

८ कात्तिक ८०, बिहीबार

९ कार्तिक, काठमाण्डौ ।
फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाली टिम १७३औँ स्थानमा छ । नेपाल यसअघि वरीयताको १७५औँ स्थानमा थियो । नेपालले अक्टोबरको फिफा विन्डोमा विश्वकप छनोट–२०२६ को पहिलो चरणमा लाओससँग खेलेको थियो ।

दुई लेगमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो । घरेलु मैदानमा भएको पहिलो लेगमा नेपालले १–१ को बराबरी खेल्दा दोस्रो लेगमा लाओसलाई उसैको मैदानमा १–० ले हराएको थियो ।

यही जितका कारण नेपालले वरीयतमा १० प्वाइन्ट थप गर्दै दुई स्थान सुधार गरेको हो । नेपाल १७५औँ स्थानमा रहँदा ९५३.८५ प्वाइन्ट थियो । हाल नेपालको प्वाइन्ट ९६३.८२ छ । फिफाको वरीयताअनुसार दक्षिण एसियामा भारत १०२औँ स्थानमा छ ।

Advertisement

माल्दिभ्स १६१औँ, भुटान १८२औँ, बंगलादेश १८३औँ, पाकिस्तान १९३औँ र श्रीलंका २०२औँ स्थानमा छ । विश्वकप विजेता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा यथावत् छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम छ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top