दल फेर्दै सकिने भो बाबुरामको राजनीति

८ कात्तिक ८०, बिहीबार

९ कार्तिक,काठमाण्डौ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । ७ वर्ष अघि माओवादी परित्याग गरी वैकल्पिक शक्तिकै रुपमा नयाँ शक्ति पार्टी गठन गरेपनि ३ वर्षपछि पूरानै राजनैतिक दलसँग समाहित गराएका बाबुरामले अहिले आएर फेरि वैकल्पिक शक्तिको नारा अघि सारेका छन् ।

सामाजिक संजाल एक्समार्फत डा. भट्टराईले संविधान जारी भएपछि कान्तिकारीहरू नै सत्ताको चानीमा डुब्ने आँकलन गरेर नै आफूले नयाँ शक्ति निर्माणको अभियान थाले पनि पुरानाहरूलाई नै लिएर सुधार गर्ने आदर्श प्रयासले असफलता हात परेको स्वीकार गरेका छन् ।

“हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचारसहितको ‘नयाँशक्ति’ को आवश्यकता भनेका हौँ र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौँ । परन्तु बीचबीचमा हामीले तिनै प्रतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोसिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन,” डा. भट्टराईले लेखेका छन्, “केही समययता हामी आफ्ना गल्तीकमजोरीलाई सच्याएर नयाँ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौँ ।”

Advertisement

उनले पुराना दलहरूको अकर्मन्यता र गलत कर्मले नयाँ वैकल्पिक शक्ति निर्माणका आधार तयार गर्दै गरेको पनि उल्लेख गरेका छन् । “यो बीचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक छ,” भट्टराईले भनेका छन्, “असन्तुष्टी नै नयाँ सिर्जनाको जननी हो भने झै यसले नयाँ वैकल्पिक शक्तिको निर्माणमा नयाँ आधार निर्माण पनि गर्दैछ ।”

डा. भट्टराईले अल्वर्ट आइन्सटाइन र रोजा लग्जेम्बर्गका भनाइहरू कोट गर्दै दुवैका विचारहरू साथमा लिएर नयाँ वैकल्पिक शक्ति निर्माणको प्रयास हु्ने बताएका छन् । आइन्सटाइन भन्थे– जुन चेतनाले कुनै समस्या सिर्जना गरेको हुन्छ त्यही चेतनामा उभिएर सो समस्या हल गर्न सकिन्न ।’

त्यस्तै, लेनिनलाई दरो वैचारिक टक्कर दिने रोजा लग्जेम्बर्ग भन्थिन– कुनै पनि क्रान्ति स्थिर रहन सक्दैन, त्यो कि अघि बढ्छ कि पछि हट्छ । उनले नेपालमा बीपी कोइराला र प्ुष्पलाल श्रेष्ठले सुरु गरेको राजनीतिक आन्दोलनले ०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपनि राजनीतिक दलहरूको सत्ता स्वार्थले त्यसलाई कार्यान्वयनमा अवरोध गरेको उल्लेख गरेका छन् ।

“नेपालमा २००७ सालतिर बीपी र पुष्पलालहरूले सुरू गरेको पुँजीवादी लोकतान्त्रिक क्रान्तिलाई ६५ बर्षसम्म संघर्षका विभिन्न उतारचढाव हुँदै हाम्रो पुस्ताले २०७२ सालमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर सापेक्ष पूर्णतामा पु¥याएकै हो,” भट्टराईले भनेका छन्, “परन्तु त्यस यताको समयमा त्यो ऐतिहासिक राजनीतिक क्रान्तिलाई पछिल्लो भू–राजनीतिक र भू–आर्थिक विशेषता र नेपालको विशिष्ठता अनुरूप नयाँ आर्थिक–सामाजिक क्रान्तिको विचार÷नीति÷योजना÷कार्यान्वयन मार्फत रक्षा र विकास गर्दै आम जनतालाई सुशासन र समतामूलक समृद्धिको प्रत्याभूति र समग्र क्रान्तिको निरन्तरता दिनु पर्नेमा पुराना क्रान्तिकारी नेताहरू नै सत्तास्वार्थको चास्नीमा डुब्न पुग्नु अहिलेको नेपालको प्रमुख समस्या हो ।”

उनले यी समस्याका बावजुत आफूले आइएन्सटाइन र लग्जेम्वर्गको भनाइलाई आन्मसाथ गर्दै क्रान्ति र परिवर्तनको प्रक्रियालाई अघि बढाइरहेको भन्दै युवा र पुराना शक्तिहरूलाई पनि विचार गर्न आह्वान गरेका छन् । “अतः पछिल्लो इन्टरनेट र एआई प्रविधिमा पोख्त हाम्रो नयाँ पुस्ताले यसमा विशेष ध्यान देओस् पुराना क्रान्तिकारी आन्दोलनका भ्रष्टिकृत नभैसकेकाहरूले पनि आइन्सटाइन र रोजालाई सम्झिउन !,”

डा. भट्टराईले भनेका छन् । संयुक्त जनमोर्चा हुँदै लामो समय माओवादीबाट राजनीतिमा सक्रिय रहेका पूर्वप्रधानमन्त्री डा भट्टराई पछिल्लो ७ वर्षमा नयाँ शक्ति, जनता समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टीसम्म आईपुगेका छन् ।

उनी नेतृत्वको नेसपाका अर्का अध्यक्ष महेन्द्रराय यादवसँग समेत अहिले असन्तुष्टि बढिरहेका बेला डा भट्टराईले वैकल्पिक शक्तिको मुद्धा उठाएका छन् । माओवादीको चुनावचिन्हबाट सांसदमा विजयी भइ मन्त्री समेत बनेका यादव भने बाबुरामको इच्छाविपरित माओवादीसँग पार्टी एकताको पक्षमा छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top