नेपालीका लागि १८ वर्षपछि खुल्यो हङकङको भिसा

९ कात्तिक ८०, शुक्रबार

१० कार्तिक, एजेन्सी ।
चीन अधिनस्त हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। भिसा खुलेसँगै अब नेपालीले हङकङमा रोजगारी र अध्ययनको अवसर पाउनेछन् । हङकङ सरकारले नेपालीलाई रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली ट्यालेन्टहरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्। एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा छुट दिइने उल्लेख गरेका छन्।

जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा भनेका छन्, ‘हामी नेपाल र लाओसका प्रतिभाहरूलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने छौँ।’ यो नयाँ नीतिसँगै अब नेपाली इन्जिनियर, मेडिकल डाक्टर, आइटी क्षेत्रका कामदार लगायतका प्रतिभाहरूले हङकङमा सहजै रोजगार भिसा पाउने छन्।

Advertisement

साथै नेपालीले जुनसुकै क्षेत्रको तालिमका लागि पनि अब हङकङको भिसा पाउने छन्। तर दक्षता हासिल गरेका बाहेक घरेलु कामदार र अरु कामदारका लागि भने हङकङले भिसा दिने छैन ।सन् २००५ मा नेपाली कामदारका लागि भिसा रोकिएपछि हङकङमा रोजगारका लागि नेपालीको प्रवेश बन्द भएको थियो।

त्यसअघि हङकङमा खासगरी घरेलु कामदार र रेष्टुरेन्ट क्षेत्रमा नेपालीले रोजगारी पाउँदै आएका थिए। हङकङमा ब्रिटिश गोर्खा सैनिक परिवारका करिब ४० हजार नेपाली बसोबास गर्दै आएका छन्, जो हङकङका स्थायी बासिन्दा हुन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top