सिक्रीको विवादमा भारतीयले नेपालीको ज्यान लिए

९ कात्तिक ८०, शुक्रबार

१० कार्तिक, काठमाण्डौ ।
घाँटीमा लगाउने सिक्रीको विषयमा विवाद भएपछि महोत्तरीमा एक युवकको ज्यान गएको छ । जिल्लाको पिपरा गाउँपालिका ५ हर्दिया बस्ने राजनारायण पासवानको छोरा अन्दाजी वर्ष १९ का वसन्त पासवानको हत्या भएको हो ।दुई जना भारतीय युवकले पासवानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

महोत्तरीको सहोडवास्थित दसैँको दुर्गा मेलामा सिक्रीको विषयमा विवाद हुँदा भारत बिहार मधुबनि जयनगर घर भएको वर्ष १९ का दीपक मलिक र मधुबनि साहारघाट बसबरिया घर भएका वर्ष १८ का अमित मलिकले छुरा प्रहार गरी पासवानको हत्या गरेको डीएसपी गिरीले बताए ।उनको शव बिहीबार साँझ ४ बजे स्थानीय जगदीश साहको खेतमा फेला परेको डीएसपी गिरीले जानकारी दिए ।

उनका अनुसार मृतक पासवानलाई दुईजना मिलेर अमित मल्लिकले पछाडिबाट समातेर दीपक मलिकले पटक पटक घाँटी र छातीमा छुरा प्रहार गरी निर्मम रूपमा हत्या गरेका थिए । प्रहरीले मृतक पासवनको हत्यामा प्रयोग भएको छुरा र सो बखत लगाएको लुगासमेत रगताम्य अवस्थामै प्रहरीले बरामद गरेको छ ।

Advertisement

पक्राउ परेका अभियुक्तहरु नेपालस्थित स्थानीय मामा सुरेश मलिकको घरमा बस्दै आएको थिए । छुरा उनीहरूकै सानीआमाकै घर पछाडिबाट बरामद गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न आरोपमा पक्राउ उनीहरू उपर थप अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए । अर्काेतर्फ इलाका प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन् ।

कोहलपुर– २ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका प्रनाउ तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए । चक्कु लागेपछि डीएसपी तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।

Advertisement

प्रहरी प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डीएसपी तिवारीलाई लागेको थियो ।

चक्कुको झटारोबाट डीएसपी तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताए । डीएसपी तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए । त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो ।

गए राति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top