नेपाल कसरी गरिब देश बन्यो ? शेखर दिए कारण

९ कात्तिक ८०, शुक्रबार

१० कार्तिक ,काठमाण्डौ ।
ग्लोबल फाइनान्सको २०२३ को रिपोर्टको आधारमा एसियाका सबैभन्दा गरिब देशहरुमा नेपाल पहिलो स्थानमा परेपछि सरकार र राजनीतिक नेतृत्वको आलोचना भईरहेका बेला नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले राजनीतिक दल र नेताकै कारण देश एसियाकै गरिब देश बनेको स्वीकारेका छन् ।

उनले देश कुनै पनि द्वन्द्वमा फस्न नहुने भन्दै नेपाल एसियाको गरिब देश हुनुमा राजनीतिक दल र नेता प्रमुख कारक भएको बताए । विराटनगरको सोभित भवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताए। उनले अहिलेको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म चल्ने भन्दै नेपाली कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य डा कोइरालाले विकासमा कोशी प्रदेश पछाडि पर्नाका कारण पनि राजनीतिक अस्थिरता हो भन्दै राजनीतिक दलले समाजलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । नेपाल गरिब देशहरुको सूचीमा ४२ औं स्थानमा छ । यहाँको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ५ हजार १ सय १ डलर रहेको छ ।

Advertisement

छिमेकी राष्ट्र भारत भने ६४ औं स्थानमा छ । भारतको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ९ हजार ७३ डलर रहेको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनलाई प्रायः देशको समृद्धिको मापन मानिन्छ। तर, कुनै पनि देशको आर्थिक समृद्धिलाई जनताको क्रयशक्ति, जीवनयापनको लागत र मुद्रास्फीति दरको भिन्नताबाट राम्रोसँग मूल्याङ्कन गर्न सकिन्छ।

दक्षिण सुडान संसारको सबैभन्दा गरिब देश हो। सन् २०११ मा स्थापना भएदेखि नै यो देश गृहयुद्धसँग लडिरहेको छ। तेलको भण्डारमा धनी ११ करोड जनसंख्या भएको यो देशले चरम गरिबीको सामना गरिरहेको छ । बुरुन्डी विश्वको दोस्रो गरिब देश हो। भूपरिवेष्ठित बुरुन्डीमा प्राकृतिक स्रोतहरूको ठूलो अभाव छ।

Advertisement

यो देश १२ वर्षदेखि गृहयुद्धको चपेटामा छ । बुरुन्डीको लगभग १३ मिलियन नागरिकहरू लगभग ८० प्रतिशत कृषिमा निर्भर छन्। सेन्ट्रल अफ्रिकन रिपब्लिक विश्वका गरिब देशहरूमा तेस्रो स्थानमा छ। सुन, तेल, युरेनियम र हिराले धनी भएर पनि यो देशले आफ्ना नागरिकको गरिबी हटाउन सकेको छैन । बाढी र खडेरीले यो देशको अवस्था बिग्रिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top