प्रचण्डलाई लाग्यो ओलीको बोलीको डर

९ कात्तिक ८०, शुक्रबार

१० असोज, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज दिउँसो सिंहदरबारमा भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । स्रोतका अनुसार प्रचण्डको बोलावटमा ओली उनलाई भेट्न गएका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आसन्न नेपाल भ्रमणको सन्दर्भमा उनले ओलीसँग भेटघाट गरेको बुझिएको छ ।

गुटेरसले नेपाल भ्रमणका क्रममा प्रतिपक्षी दलका नेता ओलीलाई पनि भेट्नेछन् । उक्त भेटमा नेपालको शान्ति प्रक्रियाका विषयमा चासो राख्न सक्ने भएकाले सबैको एउटै दृष्टिकोण होस् भन्ने हिसाबले प्रचण्डले छलफल गरेको बताइएको छ । संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा दुई नेताबिच छलफल भएको बताइएको छ ।

गत असोज २० गते दुई नेताबीच भेट भएको थियो । ओलीले संक्रमणकालीन न्यायका विषयमा आममाफीको विरोध गर्दै आएका छन् । सरकारले ऐन संशोधनका लागि सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक मस्यौदा गरेर संसद्मा प्रक्रिया अघि बढाएको छ ।

सरकारले दर्ता गराएको विधेयक संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको उपसमितिमा पठाएको थियो भने उपसमितिले केही बुँदाहरूमा सहमति जुटाउन बाँकी राखेर मूल समितिमा फर्काएको छ ।

दशैंअघि उप समितिले समितिमा विधेयकको प्रतिवेदन बुझाएको थियो। उप समितिले चार बुँदालाई मिल्न बाँकी र शीर्ष तहबाट मिलाउनुपर्ने भन्दै बाँकी राखेर प्रतिवेदन समितिलाई बुझाएको थियो।दशैंअघि नै उप समितिले समितिमा प्रतिवेदन बुझाए पनि छलफलको मिति भने तोकिएको छैन।

समितिले पास गरेपछि उक्त विधेयक प्रतिनिधि सभामा पेस गर्नुपर्छ। त्यसअघि शीर्ष तहमा सहमति गर्नुपर्ने उप समितिको प्रतिवेदनमा भएकाले शीर्ष तहमा छलफल हुनुपर्ने देखिन्छ। शीर्ष तहमा छलफल गर्नुपर्ने भएकाले समितिले उक्त विधेयकमा छलफल गर्ने मिति नतोकेको हो।

समितिले अनौपचारिक रुपमा शीर्ष नेताहरुकाबीचमा छलफल गरेरमात्र समितिमा छलफलको मिति राख्ने तयारी गरेको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस भने यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउदैछन् ।

भर्खरको समाचार

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सम्बन्धित समाचार

Scroll to Top