×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेसको चियापानः ओली र देउवाले के भने ?

११ कार्तिक २०८०

११ कार्तिक ,काठमाण्डौ ।
नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का अध्यक्षसहित शीर्ष नेताहरू सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भएका छन्।

उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले स्वागत गरे । सो अवसरमा मुलुकमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरुप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा सभापति देउवा र अध्यक्ष ओलीले जवाफ दिएका छन् । उनीहरुले प्रमुख दलमाथि प्रश्न नउठाइएको जिकिर गरेका छन् ।

Advertisement

प्रश्न उठाउने प्रयास मात्र गरिएको नेताद्वयको भनाइ छ । सो क्रममा देउवाले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोशिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ।’ उनले अगाडि भने “अहिले जवाफ दिने समय होइन, हामी “अहिले प्रश्न उठाउनेहरूलाई उठाउन दिनोस् ।”

ओलीले भने अहिले वादप्रतिवादको समय नभएको भन्दै सबैलाई शुभकामना दिए । उनले पनि आफूहरू माथि प्रश्न उठाइएको नभएर उठाउने प्रयास मात्र गरिएको टिप्पणी गरे । “हामीमाथि प्रश्न उठेको होइन, प्रश्न उठाउने प्रयास मात्र भएको छ,” ओलीले भने, “त्यस्तो प्रयासलाई हामी उचित समयमा उचित जवाफ पनि दिनेछौँ ।” उनले त्यस्ता प्रयासलाई प्रश्नकै रूपमा नलिन पनि सञ्चारकर्मीलाई आग्रह गरे ।

कांग्रेसले बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको थियो । बीपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top