कतारका राजा नेपाल आउँदै

१० कात्तिक ८०, शनिबार

११ कार्तिक ,काठमाण्डौ ।
कतारका राजा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका राजा शेख तामिम विन हमद अल थानी छिट्टै नेपाल भ्रमणमा आउने बताएका हुन् । नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएलगत्तै कतारका राजा नेपाल भ्रमणमा आउने जानकारी दिए ।

उनले यसलाई नेपालको कूटनीतिक सफलता भएको दाबी गरे । ’मैले भारत, अमेरिका र चीनको भ्रमण गरी समग्र देशको विकास निम्ति कूटनीतिक पहल गरेको छु । त्यसकै कारण होला संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ,’ उनले भने,’ ’उहाँ फर्किएपछि छिट्टै कतारको राजा पनि आउँदै हुनुहुन्छ ।

यो कूटनीतिक सफलताकै रूपमा मैले लिएको छु।’ महासचिव गुटेरेस नेपालमा भ्रमणमा रहँदा जलवायु परिवर्तनसम्बन्धी सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । त्यस्तै शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे पनि छलफल हुने उनले बताए ।

’मैले यसबारे गम्भीररूपले महासभामा कुरा उठाएको थिएँ । हाम्रो कूटनीतिक सफलताकै कारण आज उहाँ आउँदै हुनुहुन्छ,’ उनले भने । प्रचण्डले गुटेरेसको नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

यस्तै उनले आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरूका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको पनि दाबी गरे । देशमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उनले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको पनि सुनाए ।

भर्खरको समाचार

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सम्बन्धित समाचार

Scroll to Top