Nepal Times
Nepal Times
1.27k
Shares

सुनको मूल्यमा आज नँया रेकर्ड कायम

सुनको मूल्यमा आज नँया रेकर्ड कायम

१२ कात्तिक,काठमाडौं ।

स्थानीय बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार छ। यो अहिलेसम्मकै महँगो मूल्य हो।गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा शनिबार एक हजार रूपैयाँले बढेको थियो। आइतबार पनि सोही मूल्य निर्धारण गरिएको छ।

त्यस्तै आइतबारको लागि छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँ तोकिएको छ। यो गत शुक्रबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँले महँगो हो।त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ तोकिएको छ। यो गत शुक्रबारको तुलनामा १५ रूपैयाँले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.