सुनको मूल्यमा आज नँया रेकर्ड कायम

१२ कात्तिक ८०, आइतबार
Share this
741shares

१२ कात्तिक,काठमाडौं ।

Advertisement

स्थानीय बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार छ। यो अहिलेसम्मकै महँगो मूल्य हो।गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा शनिबार एक हजार रूपैयाँले बढेको थियो। आइतबार पनि सोही मूल्य निर्धारण गरिएको छ।

त्यस्तै आइतबारको लागि छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँ तोकिएको छ। यो गत शुक्रबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँले महँगो हो।त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ तोकिएको छ। यो गत शुक्रबारको तुलनामा १५ रूपैयाँले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top