आज सुन सस्तिदा चाँदी महँगियो

१४ कात्तिक ८०, मंगलबार
Share this
780shares

१४ कात्तिक,काठमाडौं ।

Advertisement

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन पनि प्रतितोला पाँच सय रुपैयाँ नै घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

सोमबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top