Nepal Times
Nepal Times
450
Shares

आज सुन सस्तिदा चाँदी महँगियो

आज सुन सस्तिदा चाँदी महँगियो

१४ कात्तिक,काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन पनि प्रतितोला पाँच सय रुपैयाँ नै घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.