नेपालको संसदमा सम्बोधन गर्ने गुटेरेस पहिलो महासचिव

१३ कात्तिक ८०, मंगलबार

१४ कार्तिक, काठमाण्डौ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको निरीक्षण गरेका थिए ।

सभामुख घिमिरेले यसअघि नै बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्न सांसदहरूलाई निर्देशन दिइसकेका छन् । गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसदमा संवैधानिक निकायका पदाधिकारी लगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि उपस्थितिका लागि निमन्त्रणा दिइएको छ ।

Advertisement

आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस आज अन्नपूर्ण आधारशिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसदलाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम छ । महासचिव गुटेरेस बुधबार फर्किनेछन् । राष्ट्रसंघको महासचिवको हैसियतमा गुटेरेसले रोस्ट्रममा उभिएर पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

यसअघि पटक–पटक राष्ट्रसंघीय महासचिवले नेपाल भ्रमण गरेका थिए । तर, संसद्को रोस्ट्रममा उभिएर सम्बोधन गर्ने गुटेरेस पहिलो महासचिव हुनेछन् । आजसम्म नेपालको संसदमा केही मुलुकका सरकार प्रमुख, तथा विशिष्ट अथितिहरुले सम्बोधन गरेका छन् ।

Advertisement

२०४४ सालमा सदनका रुपमा तत्कालिन राष्ट्रिय पञ्चायतलाई तत्कालीन जर्मन चान्सलर हेल्मुट कोहलले सम्बोधन गरेका थिए । २०४५ मा भारतीय लोकसभा अध्यक्ष डा. बलराम जाखरले पनि तत्कालीन राष्ट्रिय पञ्चायतको अवलोकन गर्न नेपाल आउँदा भदौ २१ मा राष्ट्रिय पञ्चायत पुगेका थिए ।

उनी राष्ट्रिय पञ्चायतभित्र रहँदा नारावाजी भएपछि अप्ठ्यारो परिस्थिति पैदा भएको थियो । सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री चुनिएपछि नरेन्द्र मोदीले नेपाल भ्रमण गरेका थिए । त्यसबखत उनले नेपालको सदनलाई सम्बोधन गरेका थिए ।

मोदीले १९ साउन २०७१ मा सदनलाई सम्बोधन गरेका थिए । यस्तै म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता र लोकतान्त्रिक प्रतिमा आङ सान सुकीले पनि नेपाल भ्रमण गरेकी थिइन् । उनले २०७१ जेठ ३० गते नेपाल भ्रमण गरेकी थिइन् । नेतृ सुकीले संसदको ल्होत्से हलमा आफ्नो सम्बोधन गरेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top