×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

दोस्रो खेलमा अर्नाको साढे ७ लाख खर्च, कसले कति पाउँछन् ?

१४ कार्तिक २०८०

१४ कार्तिक, काठमाण्डौ ।
विश्वकप छनोटका सुरुवातका तीन खेलमा नेपाली खेलाडीहरुलाई प्रत्येक रन र विकेटमा पुरस्कार दिने घोषणा गरे अनुशार पहिलो खेलमा साढे ६ लाख भन्दा बढी पुरस्कार बाँड्नु परेको अर्नाले मलेसियाविरुद्धको दोस्रो खेलमा नेपाली खेलाडीहरुका लागि साढे ७ लाख २६ हजार बाड्नु पर्ने भएको छ ।

कुशल मल्ल सर्वाधिक २ लाख २५ हजार रकम पाउने भएका छन् । उत्कृष्ट पारी खेलेका ब्याट्सम्यान कुशल मल्लले ७ छक्का र २ चौकासहित ६५ रन जोडे । यसक्रममा उनले अर्नाबाट २ लाख २५ हजार रुपैयाँ पाउनेछन् । मलेसियाविरुद्ध बलिङ गर्नेक्रममा अविनाश बोहोराले ४ विकेट लिँदै ५ डट बल फालेका थिए ।

Advertisement
Advertisement

यसअनुसार बोहोराले १ लाख ५ हजार रुपैयाँ पाउनेछन् । यस्तै, १ विकेट लिँदै ९ डट बल फालेका सन्दीप लामिछानेले ३४ हजार रुपैयाँ, १ विकेट लिएका गुल्सन झाले ३१ हजार रुपैयाँ पाउने भएका छन् । यसैगरी, बलिङतर्फ नै १ विकेट लिएका कप्तान रोहित पौडेलले २९ हजार, करण केसीले ७ हजार, सोमपाल कामीले ४ र कुशल मल्लले समेत ४ हजार रुपैयाँ पाउनेछन् ।

यसबाहेक, क्याच गर्ने खेलाडीले प्रति क्याच २५ हजारका दरले पाउने व्यवस्था अनुसार कुशल भुर्तेलले ५० हजार पाउनेछन् । उनले मलेसियाको दुई क्याच गरेका थिए । कुशल मल्लले २५ हजार र कप्तान पौडेलले समेत २५ हजार पाउने छन् । रन आउटमा समेत २५ हजार पाउने घोषणाअनुसार करण केसी र आसिफ शेखले संयुक्त २५ हजार पाउनेछन् ।

यस्तै, गुल्सन झाले र आसिफ शेखले समेत २५ हजार बाँड्नुपर्ने छ । अर्नाले डाइरेक्ट हिटमा थ्रोअरले एकलौटी २५ हजार पाउने जनाएको छ । स्टम्पड भएको अवस्थामा थ्रोअर र स्टम्प गर्नेले २५ हजार बाँड्नुपर्ने छ । आजको खेलमा मलेसियाविरुद्ध नेपालका कुनै खेलाडीले डाइरेक्ट हिट गर्न सकेनन् । स्टम्पड भने दुई पटक भएको थियो ।

१६६ रनको लक्ष्य भेट्टाउने क्रममा ओपनिङ ब्याट्सम्यान भुर्तेलले ४ छक्का र ४ चौका हान्दै ४३ रन जोडे । यसक्रममा उनले १ लाख ६३ हजार रुपैयाँ पाउँछन् । यस्तै, २ छक्का १ चौकासहित ३२ रन बनाएका आसिफ शेखले ८२ हजार पाउनेछन् । यस्तै, २ रन जोडेका कप्तान पौडेलले ब्याटिङतर्फबाट जम्मा २ हजार पाउनेछन् ।

२ चौकासहित १८ रन जोडेका सन्दीप जोराले ३८ हजार र विवेक यादवले २ हजार रुपैयाँ पाउनेछन् । अर्नाका अनुसार बलरले प्रतिविकेट २५ हजार रुपैयाँ पाउँछन् । यस्तै, फिल्डरले समेत प्रति क्याच २५ हजार र प्रति रन आउटमा समेत २५ हजार रुपैयाँका दरले पैसा पाउँछन् ।

यसबाहेक, छक्का प्रहार गर्दा २० हजार र चौकामा १० हजार रुपैयाँ पाउने घोषणा अर्नाले गरेको छ । हिजोको खेलबाट बलर अभिनास बोहोराले ८४ हजार रुपैयाँ पाउने छन् । सन्दीप लामिछाने र गुल्सन झाले समान ६३÷६३ हजार पाउनेछन् । यस्तै करण केसीले ६१ हजार रुपैयाँ र विनाविकेट १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपैयाँ पाउनेछन् ।

कुशल भुर्तेलले हिजोको खेलबाट १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् । यस्तै, कप्तान रोहितले ९५ हजार रुपैयाँ पाउने भएका छन् । यस्तै आसिफ शेखले ७७ हजार रुपैयाँ पाउनेछन् भने कुशल मल्लले २६ हजार पाउनेछन् ।

Advertisement

क्रिकेट प्रतियोगिताहरुमा नेपाली खेलाडीको मनोबल बढाउनका लागि यसअघि पनि पुरस्कार दिदै आएको अर्नाले नेपाललाई विश्वकपमा पुर्याउन खेलाडीलाई समर्थन र हौसला प्रदान गर्न पहिलो तीन खेलका लागि पुरस्कार घोषणा गरेको छ । अब बिहीबारको ओमानविरुद्धको नेपालको खेलमा पनि अर्नाले पुरस्कार दिने छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top