नेपालले खोल्यो विश्वकपको ढोका

१६ कात्तिक ८०, शुक्रबार

१७ कार्तिक,काठमाण्डौ ।
नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ । आज यूएईलाई शानदार रुपमा ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपको ढोका खोलेको हो । आज भएको सेमिफाइनलमा घरेलु मैदान मुलपानीमा पाएको १३५ रनको लक्ष्य नेपाललले मात्र २ विकेटको क्षतिमा १७ दशमलव १ बलमा सहजै पूरा गर्याे ।

विश्वकप छनोट एसियामा अन्तिम फाइनलमा पुग्ने दुई टिम सोझै फाइनलमा पुग्ने भएकाले नेपालले आजको जितपछि फाइनलमा स्थान बनाउँदै विश्वकपमा आफ्नो सिट सुरक्षित बनाएको हो । नेपालको जितका लागि आसिफ शेखले महत्वपूर्ण अर्धशतकीय पारी खेले । उनले ६ चौका र २ छक्काको मद्धतमा नटआउट ६४ रन जोडे ।

यस्तै कप्तान रोहित पौडेलले नटआउट ३५ रन जोडे । उनले ३ चौका र एक छक्का प्रहार गरे। यस्तै गुल्सन झाले २२ रनको महत्वपूर्ण योगदान गरे भने कुशल भुर्तेलले ११ रन बनाए । बलिङ तर्फ कुशल मल्लले सर्वाधिक ३ र सन्दीप लामिछानेले २ विकेट लिए । त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको थियो ।

Advertisement

युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे। एनले उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए। नेपालले यसअघि पहिलो पटक २०१४ को विश्वकप खेलेको थियो। त्यसयता नेपालले यसअघि पनि यूएईलाई पराजित गर्दै एसिया कपमा पुगेर आफ्नो क्षमता देखाइसकेको छ ।

अब नेपालले आफ्नो क्षमता आगामी वर्ष सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा देखाउने छ । उपाधिका लागि भने अब नेपालले बहराइन र ओमानको विजेतासँग आइतबार खेल्नेछ । विश्वकपमा भने वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइसकेका छन् ।

Advertisement

२०२२ को टी–२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् । टी–२० विश्वकपपछि वरीयतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि सीधै आगामी संस्करणमा स्थान सुरक्षित गरेका छन् ।

त्यसपछि आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यु गिनी र क्यानडाले टी–२० विश्वकप रिजन क्वालिफायर्सबाट टी–२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् । आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले पनि विश्वकपमा स्थान बनाउनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top