राष्ट्रपति पौडेल एकैसाथ फ्रान्स, जर्मनी र इटालीको सयरमा

१६ कात्तिक ८०, शुक्रबार

१७ कार्तिक,काठमाण्डौ ।
राष्ट्रपति रामचन्द्र पौडेल यसै महिना साता दिन लामो युरोपेली देशहरुको भ्रमणमा निस्कने भएका छन् । उनको भ्रमण तालिका नेपाल सरकारले स्वीकृत गरेको छ । बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको साता बढी लामो भ्रमण स्वीकृत गरेको हो । उक्त बैठकको निर्णय पत्रकार सम्मेलन गरेर शुक्रबार सरकारले जानकारी गराएको छ ।

राष्ट्रपति पौडेलले कार्तिक २२ गते प्रस्थान गरेर मंसिर १ गते नेपाल फर्कनेछन् । “राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सोपश्चात् संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० साल कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मिति २०८० मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ,” निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।

यअसघि असोज २५ गते नै जर्मनीको एकीकरण तथा जर्मनी–नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताएका थिए ।

Advertisement

राजदूत प्रिन्जले भूकम्पपछिको पुनःनिर्माण होस् या कोरोना महामारीको समयमा जर्मनीले नेपाललाई निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

सम्बन्धित समाचार

Scroll to Top