Nepal Times
Nepal Times
693
Shares

नेपालीले भरियो अस्ट्रेलिया, तेस्रो स्थानमा नेपाली

नेपालीले भरियो अस्ट्रेलिया, तेस्रो स्थानमा नेपाली

१७ कार्तिक,एजेन्सी ।
अस्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसंख्या बढ्दै गएको छ । कोभिड–१९ को महामारीका कारण मन्दी आएपछि अर्को देशमा जन्मिएका अस्ट्रेलियाली नागरिकको अनुपात बढेको हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित तथ्याङ्कअनुसार, अष्ट्रेलियाको विदेशमा जन्मेको जनसंख्या २०२१ र २०२२ को बीचमा १ लाख ५५ हजार मानिसले बढेको छ ।

३० जुन २०२२ सम्म ७.७ मिलियन अष्ट्रेलियाली बासिन्दा विदेशमा जन्मिएका थिए । जुन कुल राष्ट्रिय जनसंख्याको २९.५ प्रतिशत हो । सन् २०२० र २०२१ को बीचमा अस्ट्रेलियाको विदेशमा जन्मेको जनसंख्याको हिस्सा २९.९ प्रतिशतबाट घटेर २९.३ प्रतिशतमा झरेको छ ।

यो संख्या सन् १९९९ पछि पहिलो पटक घटेको हो । सन् २०१२ र २०२२ को बीचमा अस्ट्रेलियामा भारतमा जन्मेका व्यक्तिहरू सबैभन्दा छिटो बढ्दो आप्रवासी समूह थिए । त्यसपछि चीनमा जन्मेका र नेपालमा जन्मेका मानिस छन् ।

सन् २०२२ सम्ममा अष्ट्रेलियाको कुल जनसङ्ख्याको २.३ प्रतिशत चिनियाँमूलका बासिन्दा थिए, जुन २०१२ मा १.८ प्रतिशत थियो । सोही अवधिमा इङ्ल्याण्डमा जन्मेका अस्ट्रेलियाली नागरिकको हिस्सा ४.४ प्रतिशतबाट ३.७ प्रतिशतमा झरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.