×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

नेपालले ओमानलाई दियो ठूलो चुनौती

१९ कार्तिक २०८०

१९ कार्तिक, काठमाण्डौ ।
टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले आज ओमानलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो । नेपालका लागि गुल्सन झाले ५४ रनको योगदान गरे । कप्तान रोहित पौडेलले अविजित ५२ रन बनाएका थिए ।

उनले ३७ बलमा दुई छक्का र पाँच चौका हिर्काए । त्यसअघि उनले केवल ३६ बलमा अर्धशतक पुरा गरेका हुन् । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि ३१ रनको योगदान गरे । तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले टोलीको खातामा १० रन थपे । करण केसीले अविजित अविजित २० रन जोडे । उनले ६ बलमा दुई छक्का र एक चौका हिर्काए ।

Advertisement

ओमानका बलर बिलाल खानले तीन विकेट लिए । अकिब इलियसले पनि दुई विकेट हात पारे । जिसन मक्सुदले एक विकेट लिए । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ ६ बलमा एक छक्काको मद्दतले ६ रन बनाउँदै आउट भएका थिए ।

उनलाई ओमानका बलर बिलाल खानले कश्यप प्रजापतीद्वारा क्याच गराएका थिए । २.४ ओभरमा पहिलो विकेट गुमाउँदा नेपालले १५ रन बनाएको थियो । नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोरालाई गुमाएको थियो । उनी १३ बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

उनलाई ओमानका बलर जिसन मक्सुद बोल्ड गरेका थिए । ६।१ ओभरमा दोस्रो विकेट गुमाउँदा नेपाली टोलीले ४७ रन बनाएको थियो ।तेस्रो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेल ३१ रन बनाउँदै आउट भएका थिए । उनले २२ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए ।

उनलाई ओमानका बलर अकिब इलियसले मेहरान खानद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ७ दशमलव १ ओभरमा तीन विकेट गुमाएर ४९ रन बनाएको थियो । चौथो विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको थियो । उनी नौ बलमा तीन रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

उनलाई ओमानका बलर अकिब इलियसले प्रतिक अथावालेलेद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १० ओभरमा चार विकेट गुमाएर ६० रन बनाएको थियो । पाँचौँ विकेटका रुपमा नेपालले गुल्सन झालाई गुमाएको थियो । उनले टोलीका लागि ५४ रनको महत्वपूणर् योगदान गरेका थिए ।

उनले २५ बलको सामना गरी चार छक्का र पाँच चौका प्रहार गरेका थिए । त्यसअघि उनले २० बलमा अर्धसतक पूरा गरेका थिए । ६० बलमा चौथो विकेट गुमाएको नेपालको स्कोरलाई कप्तान रोहित पौडेल र गुल्सन झाले एक सय ३८ रनको स्थितिमा पु¥याएका थिए ।

गुल्सनलाई ओमानका बलर बिलाल खानले सकिल अहमदद्वारा क्याच गराएका थिए । छैठौँ विकेटका रुपमा नेपालले बिवेक यादबलाई एक रनको ब्यक्तिगत स्कोरमा गुमाएको थिो । उनलाई ओमानका बलर बिलाल खानले आउट गराएका थिए । बिलालले आफ्नो बलिङमा बिवेकको क्याच आफैले लिएका थिए । बिवेक आउट हुँदा नेपालले १८.२ ओभरमा एक सय ५२ रन बनाएको थियो ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top