Nepal Times
Nepal Times
432
Shares

अष्ट्रेलियाको माइक प्रकरणबारे सुगमले मुख खोले

अष्ट्रेलियाको माइक प्रकरणबारे सुगमले मुख खोले

१९ कार्तिक, काठमाण्डौ ।
अष्ट्रेलियाको एडिलेडमा गायक सुगम पोखरेलले दर्शकमाथि माइक प्रहार गरेका छन् । शनिबार आयोजित कन्सर्टमा गायक सुगमले फ्यानलाई माइक प्रहार गरेका थिए। अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएर गायकको आलोचना भइरहेका बेला विवादको घटनाबारे उनले मुख खोलेका छन् ।

भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले सुगमले मादक पदार्थ सेवन गरेको टिप्पणी गरेपछि सुगमले सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै घटनाबारे बताएका छन्। ’अहिले भुइँचालोका कारण देशलाई दुखिरहेको छ। नेपाली कलाकार भएको हुँदा देशलाई दुख्दा मलाई पनि दुख्छ।

हिजोको कार्यक्रममा मौन धारण गरौं भन्दा के भयो त्यो तपाईहरूले भिडिओमा देख्न सक्नुहुन्छ। मेरो क्रियाको प्रतिक्रिया त्यसकै कारणले मात्र थियो। कसैको नेपाली मनलाई चित्त दुखाएँ भने क्षमा चाहन्छु। तर जहिले पनि संगीतको सेवा गर्नेछु,’ उनले भनेका छन्। यद्यपि घटनाको सार्वजनिक भिडियोमा सुरूबाटै सुगमको बोली–व्यवहार असन्तुलित भने देखिन्छ ।

‘झिल्के’ भन्ने गीत एकचोटि गाउँ न त’ भन्दै उनले बोल्न सुरु गर्छन् । दर्शकले ‘झिल्के‘ झिल्के‘ ’ भन्दै कराउँछन् । पोखरेलले नेपालमा भूकम्प गएर मानिसहरु मरेको भन्दै दर्शकलाई शान्त हुन भन्छन् ।उनले लर्बरिएको स्वरमा भनेका छन्, ‘मलाई नरमाइलो लागिराखेको छ । नेपालमा १३० भन्दा बढी मान्छे मरेका छन् । हामी एकछिन मौन धारण गरौं ।’

उनी माइक समातेर मौन धारण गर्न खोज्छन् । तर, सक्दैनन् । दर्शक पनि हल्ला गरिरहेकै हुन्छन् । मौनधारण यत्तिकै छोडेर पोखरेलले माइक मुखमा लैजान्छन् र झ्यापको सुर मागुन्गुनाउँछन् ‘बुइनी कमला, बिमला त पोइला गइन् दोकान सम्हाल ।’

पोखरेलको यो शैलीले दर्शकमा होहल्ला बढ्दै जान्छन् । त्यसपछि उनी उत्तेजिन हुन्छन् । ‘ए भाइ, तिमीलाई मा‘ कसम झट्टी हान्छु‘ यो भाइलाई बोला त ओइ‘ यो तालुवाला भाइलाई‘’ त्यसपछि उनी स्टेजबाट तल हाम्फाल्छन् ।

स्वयंसेवकले रोक्दा रोक्दै उनले ती दर्शकलाई माइकले झट्टी हान्छन् र गालीगलौज गर्छन् । उनलाई बल्लतल्ल त्यहाँबाट निकालेर फेरि स्टेजमा लगिन्छ । फेरि पनि सुगमले अर्को माइल दर्शकतिर हु¥याउँछन् । त्यसपछि भने उनलाई स्टेजबाट निकालिन्छ । यस घटनाका विषयमा कार्यक्रम आयोजकले पनि खेद प्रकट गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.