जित नजिक पुगेर पनि ओमानसँग हार्याे नेपाल

१८ कात्तिक ८०, आइतबार

१९ कार्तिक, काठमाण्डौ ।

आइसिसी टी–२० विश्वकप एसिया छनोटको च्याम्पिन बन्नबाट नेपाल चुकेको छ । आइतबार भएको उपाधि भिडन्तमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो। जसका कारण खेल सुपर ओभरमा पुग्यो।

सुपर ओभरमा नेपालका लागि अभिनास बोहराले बलिङ गरेका थिए । उनले पहिलो बलमा एक रन दिए। दोस्रो बलमा ओमानका नीशम खुसीले छक्का हिर्काए। तेस्रो बल डट भयो। चौथो बल पनि छक्का भयो। त्यसपछिको बल वाइड भयो। पाँचौ बलमा ओमानले छक्का हिर्कायो। अन्तिम बलमा एक रन लिँदा ओमानले सुपर ओभरमा २१ रन जोड्यो।

सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याउदा नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आए। बलिङमा ओमानका बिलाल खान थिए। तर पहिलो बलमै कुशल क्याच आउट भए। त्यसपछि ब्याटिङमा आएका कुशल मल्लले दोस्रो बलमा रन लिन सकेनन्। तेस्रो बलमा मल्लले एक रन मात्र लिन सके। चौथो बलमा गुल्सन झाले एक रन लिए।

पाँचौ र छैटौं बलमा गुल्सनले चौका हिर्काएपछि नेपालले १० रन मात्र जोड्न सक्यो। त्यसअघि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो। जसमा नेपालका सन्दीप लामिछानेले पहिलो बलमा एक रन दिँदा दोस्रो र तेस्रो बलमा विकेट लिए। ओमानका लागि चौथो बलमा फयज बटले एक रन र पाँचौ बलमा नदीमले चौका प्रहार गरे।

अन्तिम बलमा दुई रन लिनु पर्ने स्थितिमा ओमानले एक रन मात्र जोड्न सक्यो। दुई रन लिने क्रममा ओमानका फयज बट रनटआउट भए। ओमानका लागि कश्यप प्रजापति ६३ रन जोडे। १८औं ओभरमा नेपालका अभिनास बोहराबाट क्याचआउट हुनुअघि उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

बलिङमा नेपालका सन्दीप र करणले २–२ विकेट लिए। आइतबार बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यक्रमका ब्याटस्मयानद्वय गुल्सन झा र रोहितकुमार पौडेलको अर्धशतकमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोड्यो। कमजोरस्थितिमा रहेको नेपालको रन उकास्ने क्रममा गुल्सनले २५ बलमा ५४ रनको योगदान गरे।

गुल्सनले ५ चौका र ४ छक्का प्रहार गर्दा नेपालको रन स्कोर बढेको थियो। गुल्सनसँगै कप्तान रोहित पौडेलको अर्धशतक पनि नेपालका लगि महत्वपूर्ण सावित भयो। रोहितले नटआउट ५२ रन जोडे। उनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै करण केसीले नटआउट २० रन जोडे। करणले ५ बलमा १ चौका र २ छक्का प्रहार गरे। नेपालले अन्तिम ओभरमा ओमानका फयज बटलाई २४ रन प्रहार गरेको थियो।

पहिलो १० ओभरमा ६० रन जोडेको नेपालले पछिल्लो १० ओभरमा १२४ रन जोडेको थियो। बलिङमा ओमानका विलाल खानले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। नेपाल समूह चरणको अन्तिम खेलमा पनि ओमानसँग ५ रनले पराजित भएको थियो । दुवै टिमले यसअघि सेमिफाइनल जित्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिका हुने टी–२० विश्वकपमा पुगिसकेका छन् ।

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top