×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गौतमबुद्ध रंगशाला बन्ने पक्का ,टियूमा फ्लड लाइट जडान हुने

२१ कार्तिक २०८०

२१ कार्तिक,काठमाण्डौ ।
नेपाल टी २० विश्वकप छनोटमा उपविजेता बन्दै आगामी वर्ष हुने विश्वकपका लागि छनोट भएपछि समग्र खेल जगत नै उत्साहित बनिरहेका बेला क्रिकेटका लागि दुई महत्वपूर्ण निर्णयहरु सार्वजनिक भएका छन् । खेलाडीहरुसहित क्रिकेटका सरोकारवाला निकायहरुबाट सेवासुविधासहित खेल पूर्वाधारहरुमा सुधार गर्नुपर्ने जोडदार आवाज उठिरहेका बेला सरकारले पूर्वघोषित योजना अनुरुप नै नेपालको प्रमुख अन्तराष्ट्रिय क्रिकेट स्टेडियम कीर्तिपुरस्थित क्रिकेट रंगशालामा फल्ड लाइट जडानको काम अघि बढेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को बोलपत्र आह्वानपछि परेका आवेदनका आधारमा परिषद्ले फल्डलाइट जडानका लागि एएससी पावर जेभी सिनामंगललाई २७ करोड ४ लाख २ हजार २२ रुपैयामा ठेक्का दिने निर्णय गरेको छ । परिषद्ले ठेक्का दिएसँगै अब त्रिवि क्रिकेट मैदानमा फल्ड लाइट जडानको काम अघि बढ्ने छ ।

Advertisement
Advertisement

यसअघि त्याहा फल्ड लाइट र स्कोर बोर्ड नहुदा अन्तराष्ट्रिय स्तरमै नेपालको क्रिकेट स्टेडियममाथि प्रश्न उठेको थियो । नेपालको अन्तर्राष्ट्रिय खेल हुने त्रिवि क्रिकेट मैदानमा आधुनिक पूर्वाधार केही पनि छैनन्। दर्शहरुले चौरमा बसेर खेल हेर्नुपर्छ। फ्लड लाइट अभावमा दिवाकालीन खेल मात्रै यहाँ हुने गर्छ। अर्कातिर खेलको अपडेट दिनका लागि आधुनिक डिजिटल बोर्ड पनि राखिएको छैन।

यसैलाई मध्यनजर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाले विश्वकप क्वालिफायरमा छनोट भएका खेलाडीहरुलाई बधाई दिने क्रममा तत्काल फ्लड लाइट र स्कोर बोर्ड जोड्न निर्देशन दिएका थिए । यस्तै नेपाली क्रिकेटको अर्काे सपना भनेको अत्यधुनिक क्रिकेट स्टेडियमको काम पनि अब सुरु हुने भएको छ ।

धुर्मुश सुन्तली फाउन्डेशनले देखाएको आफ्नै अत्यधुनिक स्टेडियमको सपना विगत लामो समयदेखि अलपत्र परे पनि अब त्यसलाई प्रदेश सरकारले पूरा गर्ने भएको छ । चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ ।

मंगलबार हेटौँडामा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो । उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

सो बैठकको निर्णय अनुसार छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिए । उनका अनुसार महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार काम सुरु गरिने छ ।

महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको उनले बताए । उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने उनले बताए ।

उक्त लागत अनुमानको ७० प्रतिशत बागमती प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति सहित निर्णय भएको उनको भनाइ छ । गौतमबुद्ध रंगशालाको ३० प्रतिशत माथिकोकाम सम्पन्न भईसकेपनि धुर्मुश सुन्तली फाएनडेशनले आवश्यक सहयोग जुट्न नसकेपछि १८ करोड ऋणको दबाबमा यो परियोजना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

त्यसयता सो ऋण तिर्ने र बाँकी निमार्ण अघि बढाउनेकाम अन्योलग्रस्त बन्दै आएको छ । विसं २०७५ माघ १६ मा महानगरपालिका र फाउण्डेसनबीच भएको सहमति अनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख थियो । सहमतिपत्रमा रङ्गशाला निर्माणका क्रममा ऋण लागे फाउण्डेसन वा महानगर कसको दायित्वमा पर्ने उल्लेख नभएकाले समस्या भएका थियो ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top