Nepal Times
Nepal Times
351
Shares

विश्वकप पुगेका क्रिकेटरलाई १३–१३ लाख पुरस्कार

विश्वकप पुगेका क्रिकेटरलाई १३–१३ लाख पुरस्कार

२१ कर्तिक, काठमाण्डौ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।

१५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ । प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ ।

गत आइतबार सम्पन्न आईसीसी पुरुष टी– २० विश्व कपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्व कपमा स्थान पक्का गरेको थियो । यसअघि नेपाल क्रिकेट संघको सोमबार सम्पन्न केन्द्रीय कार्य समिति बैठकले राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको थियो ।

यस्तै अर्ना वियरले टी–२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ । सोमबार साझ आयोजित एक समारोहमा अर्नाले कुल ४१ लाख ७६ हजार रुपैयाँ पुरस्कार खेलाडीहरुलाई विरतरण गरेको हो ।

पुरस्कारमध्ये १८ लाख ७७ हजार रूपैयाँको चेक क्रिकेट टीमका लागि कप्तान रोहित पौडेललाई हस्तान्तरण गरिएको छ । यो रकम छनोट प्रतियोगिताका लागि घोषित राष्ट्रिय टीमका १५ सदस्यसहित २१ जनाले दामासाहीले पाउनेछन् । यसअनुसार सबैको भागमा करिब ९० हजार रूपैयाँ पर्ने भएको छ । यो पुरस्कार १५ सदस्यीय टीममा रहेका खेलाडीहरुले पाउने छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.