पोखराको लेकसाइडमा अब २४ सै घन्टा व्यापार

२१ कात्तिक ८०, बुधबार

२२ कार्तिक, काठमाण्डौ ।
पोखराको पर्यटकहरुको लागि मुख्य केन्द्र मानिने लेकसाइड क्षेत्रका व्यापार व्यवसाय अब २४ सै घन्टा खुल्ने भएका छन् । उच्च अदालत पोखराका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानूनविपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानूनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएपछि व्यापार व्यवसाय अब २४ सै घन्टा खोल्न बाटो खुलेको हो ।

अदालतले यसमा के कसो भएको हो ? निवेदकको माग अनुसारको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकको निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाण सहित म्याद सूचना तामेल भएको मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरा मार्फत, लिखित जवाफ पेश गर्नुहोला भनी विपक्षीका नाममा आदेश जारी गरेको छ ।

गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको भनी देवीकुमारी बरालले अन्तरिम आदेश समेतको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर निवेदन दिएकी थिइन् ।

Advertisement

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्तात्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले गरेका थिए । यस्तै फेवा ताल छेउको फुट–ट्रयाकमा भने फुटपात पसल हटाइने भएको छ । फुट–ट्रयाकमा रहेका फुटपात व्यावसायीलाई आफ्नो व्यावसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रुपमा सचेतना दिएका छन् ।

तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यावसायीहरु र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यावसायीलाई हटाउन अनुरोध गर्दै मंगलवार राति पोखरा महानगर नगर प्रहरी टोली,बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन् । आगामी दिनमा पर्यटकीय नगरी पोखरामा सुन्दरता दिनको लागि समेत व्यावसायीलाई आह्वान गरेका हुन् ।

बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यावसाय सञ्चालन गर्ने र त्यहाँ आएका विदेशी पर्यटकहरुले मागेर हिँड्ने र विभिन्न अनैतिक किसिमका गतिविधि देखाउनाले सुन्दरतामा नकारात्मक असर सृजना गरिएको आम–उपभोक्ताको गुनासो थियो ।

सो गुनासोपछि सांकेतिक रुपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने जानकारी दिएका छन् । पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भोलिबाट व्यापारिक सामन नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामान नियन्त्रण गर्ने बताएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top