ईपिएलमा ८ गोलको बराबरी /लिभरपुल दोस्रो स्थानमा उक्लियो

२६ कात्तिक ८०, सोमबार

२७ कार्तिक, काठमाण्डौ ।
आइतबार इंग्लिस प्रिमियर लिग इतिहासकै एक उत्कृष्ट रोमाञ्चक खेल भयो । जसमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी गर्दा कुल ८ गोलको वर्षा भयो । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेल ४–४ को बराबरीमा टुङ्गिएको थियो । कोल पाल्मरले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा चेल्सीका लागि पेनाल्टीबाट गोल गरेपछि खेल ४–४ को बराबरी भएको थियो ।

उच्च दर्जाको खेलमा कहिले घरेलु टिम बलियो देखिएको थियो भने कहिले सिटी । रोड्रिले ८६ औं मिनेटमा गोल गर्दै सिटीलाई ४–३ को अग्रता दिलाउँदा उसको जित निश्चित देखिएको थियो । खेल सुरु भएपछिको ५औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए । चे

ल्सी डिफेन्डर कुकुरेलाले हालान्ड माथि नै फाउल गरेपछि सिटीले पेनाल्टी पाएको थियो । पेनाल्टीमा हालान्डले कुनै गल्ती गरेनन् । चेल्सीका २९औं मिनेटमा नै बराबरी गोल गर्यो । डिफेन्डर थियागो सिल्भाले कनर ग्यालाघरले लिएको कर्नरमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । ३७औं मिनेटमा चेल्सीले अग्रता लियो ।

Advertisement

सिटी डिफेन्डर रूबेन डियासले गल्ती गरेपछि चेल्सीका रिस जेम्सले दिएको पासमा पूर्व सिटी खेलाडी रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर पहिलो हाफको अन्त्य तिर सिटीले पुनः बराबरी गोल गर्यो । बर्नार्डो सिल्भाको क्रसमा मानुएल आकान्जिले हेडर गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । दोस्रो हाफको सुरुवात मै सिटीले अग्रता लियो ।

हालान्डले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६७औं मिनेटमा चेल्सीको पुनः बराबरी गर्यो । ग्यालाघरको लामो दूरी बाट गरेको प्रहार सिटी गोलरक्षक एडरसनले बचाएपछि रिबाउन्डमा निकोलस ज्याक्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८६औं मिनेटमा सिटीले फेरि पनि खेलमा अग्रता लियो ।

Advertisement

रोड्रीकोले बक्स बाहिरबाट लिएको प्रहार चेल्सी डिफेन्डर थिएगो सिल्भाको खुट्टामा लागेर गोल भएको थियो । सिटीले यस समयमा जित सुनिश्चत गरेको अनुभूति गरेको थियो । तर इन्ज्युरीमा सिटी डिफेन्डर रुबेन डियासले अर्मान्डो ब्रोजामाथि फाउल गरेपछि चेल्सीले बराबरी गर्ने अर्को मौका पायो ।

यहि सिजन सिटीबाट चेल्सी गएका कोल पालमरले पेनाल्टीमा गोल गर्दै खेललाई ४–४ को स्थितिमा ल्याए । यो नतिजापछि सिटी २८ अंकमा शीर्ष स्थानमा रह्यो । तर यो दोस्रो स्थानमा रहेको लिभरपुलमाथि एकै अंकको मात्र दूरी हो । लिभरपुल र आर्सनल समान २७ अंकमा छ । लिभरपुलले अर्को खेलमा ब्रेन्टफोर्डलाई ३–० ले हरायो ।

लिभरपुलको जितमा मोहम्मद सालाहले २ र डिएगो जोटाले १ गोल गरे । खेलको ३९औं मिनेटमा लिभरपुलले सालाहको गोल बाट अग्रता लियो । डार्विन नुनेजको पासमा सालाहले राम्रो फिनिस गर्दै खेलमा अग्रता दिलाए । दोस्रो गोल सालाहले नै ६२औं मिनेटमा गरे ।

कोस्टास सिमिकासको क्रसमा सालाहले सहज हेडर गोल गरेका थिए । ७४औं मिनेटमा सिमिकासकै पास लिएर जोटाले बक्सको छेउ बाट सानदार गोल गर्दै जित सुनिश्चित गरे । यस्तै एस्टन भिल्लाले फुलहमलाई ३–१ र वेस्ट ह्यामले नटिङघम फरेस्टलाई ३–२ लेहरायो । ब्राइटन र सेफिल्ड युनाइटेडले भने १–१ को बराबरी खेले ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top