सुदूरसरकारले दीपेन्द्र, विनोद र सन्दीपले पाए लाखौंको पुरस्कार सहित सम्मान गर्ने

२६ कात्तिक ८०, सोमबार

२७ कार्तिक, काठमाण्डौ ।
सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना प्रदेशका राष्ट्रिय क्रिकेटर तीन जनालाई नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी–२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई प्रदेश सरकारले पाँच÷पाँच लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।

शाहले दोस्रो किसान सहकारी लम्की जेसीज क्रिकेट कप २०८० को समापन समारोह गर्दै तीनजना खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै राशिसमेत तोकेका हुन् । शाहले क्रिकेटर ऐरीलाई भने एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएकाले थप एक लाख रुपैयाँ प्रदान गरिने बताएका छन् ।

एक महिना अघि दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै कहिल्यै नतोडिने अर्धशतकको विश्व कीर्तिमान बनाएका थिए । त्यही विश्व कीर्तिमानको कारण उनले एक लाख बढी पाउनेछन् । नेपालले गत कार्तिक १७ गर्ते माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

Advertisement

नेपालले २०१४ पछि पहिलो पटक विश्वकप खेल्दैछ । सुदूर सरकारले यसअघि पनि आफ्ना खेलाडीलाई सम्मान गर्दै आएको छ । यसअघि यू१९ टोलीलाई विश्वकपमा पुर्याउदा र आइसिसी विश्वकप लिग २ मा जित हात पार्दा नगद पुरस्कारले सम्मान गरेको थियो ।

विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको १५ सदस्य टोलीमा दीपेन्द्र, सन्दीप जोरा र विनोद भण्डारी मात्रै थिए । नेपाली क्रिकेट टोलीलाई क्यानले ५० लाख रुपैयाँ दिने भएको छ । नेपाल सरकारलाई जनही १३ लाख रुपैयाँ दिन राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले सिफारिस गरि सकेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top