दोस्रो पटक भेट गर्दै बाइडेन र सी, के होला कुरा ?

२५ कार्तिक ,एजेन्सी ।

अमेरिका र चीनका राष्ट्रपतिबीच अर्को साता सान फ्रान्सिस्कोमा भेट हुने अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकाले ११ देखि १७ नोभेम्बरसम्म सान फ्रान्सिस्कोमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिट आयोजना गर्दैछ । सोही सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका जाँदैछन् ।

सोही क्रममा १५ नोभेम्बरमा जो बाइडेन र सीबीच भेट बताइएको छ । बाइडेन राष्ट्रपति भइसकेपछि उनीहरुबीचको यो दोस्रो साक्षात्कार हुनेछ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले दुई मुलुकको सेनाबीचको सञ्चार सम्बन्ध विच्छेद गरिदिएको थियो ।

Advertisement

यो वर्षको सुरुवातमा बेलुन काण्डका दुई देशबीचको सम्बन्ध तिक्त बनेको थियो । लगत्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीन भ्रमण रोकेका थिए । पछि चीनले उनलाई स्वागत गर्न अस्वीकार गरेको थियो । जसका कारण लामो समय दुई मुलुकबीच संवादहीनता छाएको थियो ।

गत जुनमा ब्लिन्केनले चीन भ्रमण गरेपछि उनीहरुबीच फेरि संवादको शृंखला सुरु भएको थियो । भेटको उदेश्य प्रतिस्पर्धा व्यवस्थापन गर्नु, द्वन्द्वको खतरा रोक्नु र सञ्चारका माध्यमहरु खुला राख्नु रहेको अमेरिकी अधिकारीहरुको भनाइ छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top