Nepal Times
Nepal Times
54
Shares

दोस्रो पटक भेट गर्दै बाइडेन र सी, के होला कुरा ?

दोस्रो पटक भेट गर्दै बाइडेन र सी, के होला कुरा ?

२५ कार्तिक ,एजेन्सी ।

अमेरिका र चीनका राष्ट्रपतिबीच अर्को साता सान फ्रान्सिस्कोमा भेट हुने अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकाले ११ देखि १७ नोभेम्बरसम्म सान फ्रान्सिस्कोमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिट आयोजना गर्दैछ । सोही सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका जाँदैछन् ।

सोही क्रममा १५ नोभेम्बरमा जो बाइडेन र सीबीच भेट बताइएको छ । बाइडेन राष्ट्रपति भइसकेपछि उनीहरुबीचको यो दोस्रो साक्षात्कार हुनेछ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले दुई मुलुकको सेनाबीचको सञ्चार सम्बन्ध विच्छेद गरिदिएको थियो ।

यो वर्षको सुरुवातमा बेलुन काण्डका दुई देशबीचको सम्बन्ध तिक्त बनेको थियो । लगत्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीन भ्रमण रोकेका थिए । पछि चीनले उनलाई स्वागत गर्न अस्वीकार गरेको थियो । जसका कारण लामो समय दुई मुलुकबीच संवादहीनता छाएको थियो ।

गत जुनमा ब्लिन्केनले चीन भ्रमण गरेपछि उनीहरुबीच फेरि संवादको शृंखला सुरु भएको थियो । भेटको उदेश्य प्रतिस्पर्धा व्यवस्थापन गर्नु, द्वन्द्वको खतरा रोक्नु र सञ्चारका माध्यमहरु खुला राख्नु रहेको अमेरिकी अधिकारीहरुको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.