विश्वकपमा अस्ट्रेलियन ब्याट्सम्यानको दबदबा /ग्लेन म्याक्सवेल र मिचेल मार्स हाई स्कोरर

२६ कात्तिक ८०, सोमबार

२७ कार्तिक, एजेन्सी ।
घरेलु टोली भारत जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । भारत ९ खेलमा १८ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलिया ९ खेलमा १४ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ ।

न्युजिल्यान्ड ९ खेलमा ५ मा जितसहित १० अंकका साथ अन्तिम चारमा रहेको छ । यी चार टोलीमध्ये एउटै खेलमा उच्च स्कोर बनाउने ब्याट्सम्यानको सूचिमा भने अस्ट्रेलियन खेलाडीको दबदबा रहेको छ । प्रारम्भिक चरणको ४५ खेल सकिँदासम्म उच्च स्कोर बनाउने ब्याट्सम्यानको पहिलो र दोस्रो स्थानमा अस्ट्रेलियन खेलाडी छन् ।

यो सूचिको पहिलो स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन् । उनले प्रारम्भिक चरणको अफगानिस्तानविरुद्धको खेलमा अविजित दुई सय एक रन बनाएका थिए । उनको अविश्वासिलो प्रदर्शनका कारण त्यो खेलमा अस्ट्रेलिया विजयी हुँदै सेमिफाइनलमा पुगे को थियो । त्यो खेलमा उनले एक सय २८ बलको सामना गरी १५७.०३ को स्ट्राइक रेटमा रन बनाएका थिए ।

Advertisement

उनले १० छक्का र २१ वटा चौका पनि हिर्काएका थिए । मुम्बईस्थित वानखेड स्टेडियममा अफगानिस्तानले दिएको दुई सय ९२ रनको विजय लक्ष्य पछ्याउँदै अस्ट्रेलिया जवाफी ब्याटिङमा ओर्लिएको थियो । खेलको प्रारम्भमा अत्यन्तै निरीह अवस्थामा रहेको अस्ट्रेलियाले केवल ९१ रनको कुल स्कोरमा सात प्रभावशाली विकेट गुमाइसकेको थियो ।

त्यतिबेलासम्म अस्ट्रेलिया हारको सँघारमा पुगिसकेको थियो । क्रिजमा थिए, छैटौँ नम्बरका ब्याट्सम्यान म्याक्सवेल र कप्तान प्याट कुमिन्स । ३५ वर्षीय म्याक्सवेल आफै घाइते अवस्थामा थिए । केही दिनअघि गल्फ खेल्नेक्रममा उनलाई चोट लागेको थियो । सोही कारणले उनले इङ्ल्यान्डविरुद्धको खेल पनि गुमाएका थिए ।

Advertisement

त्यसैले अफगानिस्तानविरुद्ध उनले गतिलो प्रदर्शन गर्नेमा कोही पनि विश्वस्त थिएन । तर, त्यो खेलमा म्याक्सवेलले जे गरेर देखाए त्यो विश्व क्रिकेटका थुप्रै हस्तीहरूकै लागि पनि अविश्वासिलो थियो । त्यो खेलमा म्याक्सवेलले थुप्रै कीर्तिमानबिच अविजित रहँदै दोहोरो शतक प्रहार गर्दै अस्ट्रेलियालाई तीन विकेटको जित दिलाएका थिए ।

जितसँगै अस्ट्रेलिया जारी विश्वकपको सेमिफाइनलमा पुग्ने तेस्रो टोली पनि बनेको थियो । यसैगरी एउटै खेलमा उच्च स्कोर बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा पनि अस्ट्रेलियाकै मिचेल मार्स रहेका छन् । उनले बंगलादेशविरुद्धको खेलमा अविजित एक सय ७७ रन बनाएका थिए । त्यो खेलमा उनले एक सय ३२ बलको सामना गरी नौ छक्का र १७ वटा चौका हिर्काएका थिए ।

उनको स्ट्राइक रेट १३४.०९ रहेको थियो । यो सूचिमा तेस्रो स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक रहेका छन् । उनले पनि बंगलादेशविरुद्धको खेलमा एक सय ४० बलको सामना गरी एक सय ७४ रन बनाएका थिए । यो खेलमा उनको स्ट्राइक रेट १२४.२८ रहेको थियो । उनले सात छक्का र १५ वटा चौका पनि प्रहार गरेका थिए ।

एउटै खेलमा उच्च स्कोर बनाउने ब्याट्सम्यानको सूचिमा चौथो स्थानमा अस्ट्रेलियाका डेविड वार्नर रहेका छन् । उनले पाकिस्तानविरुद्धको खेलमा एक सय २४ बलको सामना गरी एक सय ६३ रन बनाएका थिए । उनको स्ट्राइक रेट १३५.४५ रहेको थियो । त्यसक्रममा उनले नौ छक्का र १४ वटा चौका पनि हिर्काएका थिए ।

यसैगरी यो सूचिको पाँचौँ स्थानमा न्युजिल्यान्डका ब्याट्सम्यान डेभोन कनवे रहेका छन् । उनले इङ्ल्यान्डविरुद्धको खेलमा एक सय २१ बलको सामना गरी अविजित एक सय ५२ रन बनाएका थिए । त्यो खेलमा उनको स्ट्राइक रेट १२५.६१ रहेको थियो । त्यसक्रममा उनले तीन छक्का र १९ वटा चौका पनि प्रहार गरेका थिए ।

Advertisement

भर्खरको समाचार

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top