Nepal Times
Nepal Times
3
Shares

नेपालको रेलले किचेर भारतीय ठहरै

नेपालको रेलले किचेर भारतीय ठहरै

२८ कार्तिक,काठमाण्डौ ।
धनुषामा रेलले किचेर एक जनाको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिकाको ईटहर्वा र दुहबीको बिचको बैदेही स्टेशनमा रेलले किचेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेमा भारत बिहार मधुवनी जिल्ला बेल्हीको अन्दाजी वर्ष ५५ को विन्देश्वर दासको रहेको भएको धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए । बिहान ८ः ४० बजे जनकपुरधामबाट जयनगरको लागि छुटेको रेलले किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार लिक पार गर्न खोज्दा रेलले किचेर दासको शरीर दुई टुक्रा भएको छ ।

यसैगरी धनुषामै इन्डियन ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । सोमबार राति पौने १ बजे ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज ११ प १२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा धनुषाधाम नगरपालिका ९ मालटोलमा २ जनाको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट धनुषाधाम नगरपालिका ९ का अन्दाजी १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका २ का अन्दाजी १८ वर्षीय टेमा मोक्तानको मृत्यु भएको हो ।

उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी एवं प्रवक्ता रन्जन अवांंले जानकारी दिए । ठक्कर दिने नियन्त्रणमा लिइएको तर चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.