गाजाका अस्पतालहरु चिहान बने, यूएनले काम गर्न नसक्ने

२७ कात्तिक ८०, मंगलबार

२८ कार्तिक,एजेन्सी ।
प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीले सोमबार बताएअनुसार इजरायल र हमास बीच जारी द्वन्द्वका कारण इन्धनको अभावले युद्धग्रस्त गाजामा एजेन्सीका गतिविधि दुई दिन भित्र बन्द हुने चेतावनी दिएको छ ।

’गाजामा मानवीय कार्य आगामी ४८ घण्टामा रोकिनेछ किनकि कुनै इन्धन गाजामा प्रवेश गर्न अनुमति छैन,’ एजेन्सी गाजा प्रमुख थोमस ह्वाइटले एक्समा लेखेका छन् । इन्धन अभावले यहाँ अस्पताल लगायत अत्यावश्यक सेवा प्रदायक निकायले समेत सेवा दिन नसक्ने विषम परिस्थिति सृजना भएको छ ।

गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा चिहान बन्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अस्पताल भित्र र बाहिर शवहरू थुप्रिएका छन् । समयपूर्व जन्मिएका दर्जनौं शिशुहरु तथा र डायलासिस गर्नुपर्ने मिर्गौला रोगीलाई समेत इन्धनको अभावले राम्रोसँग उपचार गर्न नसकिएको राष्ट्रसंघका प्रवक्ताले बताएका छन् ।

Advertisement

गाजाका दुई ठूला अस्पतालहरू अलख्शिफा र अल–कुड्स इन्धन सकिएपछि अहिले बन्द भएका छन् । हालैका दिनहरूमा गाजा शहरको अस्पतालहरु नजिकै आक्रमण भइरहेको समचार छ । गाजाका अस्पतालहरू इजरायली सेनाहरूले घेरामा राखेका छन् ।

इजरायलले गाजाका अस्पतालहरु मुनि हमासको नियन्त्रण केन्द्र रहेको आरोप लगाउँदै अस्पताल वरपर आक्रमण गरिरहेको छ । तर हमासले भने सो कुरा अस्वीकार गरेको छ । यसैबीच उत्तरी गाजाको अल–शिफा अस्पतालका डाक्टरले इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले अस्पताल खाली गर्न दिएको अनिवार्य आदेशलाई अस्वीकार गरेका छन् ।

Advertisement

अस्पतालमा उपचाररत करिब ७०० बिरामीका कारण आफूहरुले अस्पताल छाड्न नसक्ने उनीहरुले बताएका छन् । बार्स, गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा मुनिर अल–का अनुसार उपचार प्रभावित भएमा लगभग ७०० जोखिममा रहेका बिरामीको मृत्यु हुन्छ ।

“समस्या डाक्टरको होइन, बिरामीको हो । उनीहरूलाई पछाडि छोडियो भने, तिनीहरू मर्नेछन्, र उनीहरूलाई सारियो भने तिनीहरू बाटोमा मर्नेछन् । यो समस्या हो, हामी ७०० बिरामीहरूको बारेमा कुरा गर्दै छौँ,” डा अल बर्शले सोमबार सीएनएनलाई भने । अ

स्पतालका चिकित्सकका अनुसार हजारौँ मानिस अस्पताल परिसरमा आश्रय लिएका छन् । डा. अल–बुर्सका अनुसार निकासी आदेश कुनै पनि अन्तर्राष्ट्रिय मानवीय संस्थासँग समन्वय गरिएको छैन ।

यसअघि, सोमबार आईडीएफले उत्तरी गाजाका बासिन्दाका लागि सुरक्षित मार्ग पुनः खोलिएको घोषणा गरेको थियो । आईडीएफका प्रवक्ता रिचर्ड हेच्टले आइतबार उत्तरी गाजाका अधिकांश रन्टीसी र अल–नासर अस्पतालहरू लगभग पूर्ण रूपमा खाली गरिसकिएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top