Nepal Times
Nepal Times
90
Shares

नेपाल चारदेशीय महिला क्रिकेटमा पराजित

नेपाल चारदेशीय महिला क्रिकेटमा पराजित

२९ कात्तिक, काठमाडौं ।
हङकङमा चलिरहेको चारदेशीय महिला टी -२० आई क्रिकेटमा नेपाल तान्जानियासित २७ रनले पराजित भएको छ ।जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६/५ ‌ओभरमा ८८ रनमा अल आउट भएको हो ।नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन् ।

नेपालको सुरुवात नै राम्रो भएन । नेपालका ओपनर तथ शीर्ष क्रममा ब्याटर क्रिजमा टिक्न नसक्दा नेपालले ११६ रनको सामान्य लक्ष्य पनि भेटन् नसकेको हो ।ओपनर विन्दु रावल खाता नै नखोली पभेलिन फर्केपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न गएकी सम्झना खड्काले पनि खाता खोल्न सकिनन् ।

अर्की ओपनर पूजा महतो टिमको स्कोर ११ रन हुँदा व्यक्तिगत ३ रनमा आउट भइन् ।चौथो नम्बरमा व्याटिङमा गएकी काजल श्रेष्ठ र पाँचौ नम्बरकी कप्तान बर्माले नेपाली इनिङ सम्हाल्ने कोसिस गरे पनि काजल ९ रनमा आउट भइन् ।

त्यसपछि रुबिना क्षेत्री एक बल पनि फेस गर्न नपाउँदै रन आउट भइन् ।अनुभवी ब्याटर सीता राना मगरले बर्मासँग १७ रनको साझेदारी गरिन् । बर्मा व्यक्तिगत १५ रनमा आउट भइन् ।सीता नवौं विकेटका रुपमा टिकको स्कोर ८७ रन हुँदा क्याच आउट भइन् ।यसअघि पहिला ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

तान्जानियाकी हुद्दा ओमरीले २५ तथा आइशा मोहमतले २१ रन बनाइन् ।बलिङतर्फ नेपालका संगिता राईले २ तथा कप्तान बर्मा, रुबिना क्षेत्री र पूजा महतोले समान १ विकेट लिए ।प्रतियोगितामा नेपालले भोलि बिहीबार हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.