बाबर आजमले कप्तानी छाडेपछि को बने नयाँ कप्तान ?

२९ कात्तिक ८०, बिहीबार

३० कार्तिक,एजेन्सी ।
पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले आफ्नो पदबाट राजीनामा दिएका छन् । विश्वकप–२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि उनले कप्तानी छाडेका हुन् । भारतमा भइरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ९ मध्ये ५ खेल हारेर प्रतियोगिताबाट बाहिरिएपछि बाबरले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका छन् । यसक्रममा टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रह्यो । व्यक्तिगत रूपमा ब्याटरबाट उनको प्रदर्शन पनि राम्रो रहेन् । उनले नौ खेलमा ३ सय २० रन मात्रै बनाए । त्यसैले बाबरमाथि कप्तानी छाड्ने चर्को दबाब रहेको थियो ।

प्रतियोगिता अगाडि वान डे वरीयताको ब्याटरमा नम्बर १ रहेका बाबरले बीचमा यसलाई पनि गुमाएका थिए । बाबरले सबै फर्म्याटको कप्तानबाट राजीनामा दिएको उल्लेख गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आजबाट मैले सबै ढाँचाको क्रिकेटबाट पाकिस्तानी क्रिकेट टिमको कप्तानी छाडेको छु । यो निर्णय निकै कठिन रह्यो, तर यो उपयुक्त समय पनि हो ।’

Advertisement

बाबरले सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी गर्दै टोलीलाई सीमित ओभरको क्रिकेटमा आईसीसी वरीयताको शीर्ष स्थानमा समेत पु¥याएका थिए । तर विश्वकपमा टोली समूह चरणबाटै बाहिरिएपछि उनको आलोचना भएको थियो । बाबरले टोलीको कप्तानी छाडे पनि खेलाडीको भूमिकामा ३ वटै फर्म्याटमा खेल्ने पनि बताएका छन् ।

उनले यो ४ वर्षका लागि क्रिकेट समर्थक र पाकिस्तान क्रिकेट बोर्डलाई धन्यवाद पनि दिएका छन् । सामाजिक संजालमा उनले लेखेका छन्, ‘मलाई सन् २०१९ मा पाकिस्तान क्रिकेट बोर्डले कप्तानको जिम्मेवारी सुम्पिएको याद छ । पछिल्लो ४ वर्षमा मैले मैदान भित्र र बाहिर धेरै उतारचढावको सामना गरेको छु । म हरेक पल पाकिस्तानको गौरव बढाउन तत्पर रहें ।’

‘पाकिस्तानलाई विश्वको नम्बर १ टोली बनाउन खेलाडी, प्रशिक्षक र व्यवस्थापक सबैको संयुक्त भूमिकाले सम्भव भएको थियो । म यो यात्रामा पाकिस्तानका क्रिकेट समर्थकलाई धन्यवाद दिन चाहन्छु ।’ ‘म आज पाकिस्तानको सबै फर्म्याटबाट कप्तान पद छोडेको घोषणा गर्न चाहन्छु । यो कठिन निर्णय थियो तर यो समय सही भन्ने मेरो बुझाइ छ ।

म खेलाडीको भूमिकामा पाकिस्तानबाट सबै फर्म्याटमा खेल्नेछु । म अब आउने कप्तानलाई आफ्नो अनुभव र लगावले साथ दिनेछु । म पाकिस्तान क्रिकेट बोर्डलाई म प्रति देखाएको विश्वासको लागि धन्यवाद दिन चाहन्छु ।’ बाबरले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएलगत्तै पाकिस्तानले शाहिन शाह अफ्रिदीलाई टी–२० क्रिकेटको नयाँ कप्तान र शान मसुदलाई टेस्ट कप्तान नियुक्त गरेको छ।

निकट भविष्यमा कुनै एकदिवसीय खेल तालिका नभएकोले पीसीबीले अहिलेसम्म ओडीआई कप्तानको नाम तोकेको छैन। मसूदको जसले एक दशकअघि आफ्नो टेस्ट डेब्यू गरेका थिए। तर केही वर्ष उनी टिममा परेका थिएनन्। पछिल्लो पटक श्रीलंकाविरुद्ध खेलेका उनले ३० टेस्ट खेलेका छन्।

यता २३ वर्षीय अफ्रिदीले अष्ट्रेलियामा हुने टेष्टपछि पाकिस्तान पाँचवटा टी–२० खेल्न न्यूजिल्याण्ड जादा टिमको कप्तानी गर्नेछन् । जुन २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपका लागि उनका लागि कप्तानका लागि अनुभवी हुन ६ महिना समय हुनेछ। पीसीबीले मसूद र शाहिनलाई कप्तान नियुक्त गरेको केही समयपछि मोहम्मद हाफिज टोली निर्देशक हुने घोषणा गरेको थियो।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top