NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक बुधबार मंसिर १० , २०८२
भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ? बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण बुधबार मंसिर १० , २०८२
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
Next
Prev

समाचार

टिकटक प्रतिबन्धको छिनोफानो ४ गते हुने

शुक्रबार मंसिर १ , २०८०
Reading Time: 1 min read
A A
टिकटक भिडियो बनाएको भन्दै सार्वजनिक स्थानमा यौन दुर्व्यवहार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ मंसिर,काठमाण्डौ।
टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रवार पेस भएका रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो । सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा ८ वटा रिट दर्ता भएको छ ।

मङ्सिर ४ गते सो मुद्दाको एक जना न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुने जनाइएको छ । रिट निवेदन दिनेमा अधिवक्ताहरु डा. सुनिल रंजन सिंह, दिनेश त्रिपाठी, स्वागत नेपाल, जगन्नाथ दुलाल लगायत छन् । उनीहरुले सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको भन्दै उल्टाउन माग गरेका छन् ।

सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।

सरकारले टिकटकमाथि प्रतिबन्द लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो । टिकटकलाई प्रतिबन्ध लगाएपछि नेपाल भित्रै यसको पक्ष र विपक्षमा प्रष्ट दुई विभाजित भत देखिएको छ भने टिकटकल समेत नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै आश्चर्यमा परेको बताएको छ ।

टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै गत सोमबार नै पत्र पठाएका छन् । कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेपछि त्यही दिन त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो।

त्यसको जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन अनुरोध गरेको छ। टिकटकले प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ, ’नेपाल सरकारको यो निर्णयबाट लाखौं नेपाली जनताहरू, जसले हाम्रो यो प्लेटफर्ममार्फत रचना र खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित छौं।

यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेका छन्। उनीहरूले यो प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरेका छन्।’ नेपाल सरकारको टिकटक प्रतिबन्धको निर्णयले कम्पनीको लगानी योजनामा असर पर्नुका साथै युवा पुस्ताका नेपाली कन्टेन्ट क्रिएटरहरूलाई समेत असर गर्ने उसले बताएको छ।

नेपालका थुप्रै युवाले टिकटकमार्फत व्यवसाय सञ्चालन गरेको र यसरी बन्द गर्दा उनीहरूको व्यवसायमै समस्या आउने भन्दै टिकटकले चिन्ता व्यक्त गरेको छ। प्रयोगकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै टिकटकले आफ्नो प्लेटफर्मलाई सुरक्षित र स्वागतयोग्य वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ।

पत्रमा टिकटकले नेपालमा टिकटक सञ्चालनका निम्ति गरेका केही प्रयासहरूबारे पनि प्रकाश पारेको छ भने मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको पनि बताएको छ । पत्रमा नेपाल सरकारले यसरी प्रतिबन्ध लगाउनुभन्दा सहयोग गरेमा सुरक्षाको लक्ष्य हासिल गर्न सहज हुने समेत बताइएको छ ।

विज्ञप्तिमा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारसँग भएका सहकार्यविपरित रहेको समेत बताइएको छ । पत्रमा प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टमा के समस्या भएको हो भन्ने पहिचान गर्नका निम्ति टिकटक नेपाल सरकारसँग मिलेर काम गरिरहन प्रतिबद्ध रहेको समेत बताइएको छ ।

Tags: #टिकटक प्रतिबन्धको छिनोफानो

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै
ताजा समाचार

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण
ताजा समाचार

धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.