टिकटक प्रतिबन्धको छिनोफानो ४ गते हुने

३० कात्तिक ८०, शुक्रबार

१ मंसिर,काठमाण्डौ।
टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रवार पेस भएका रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो । सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा ८ वटा रिट दर्ता भएको छ ।

मङ्सिर ४ गते सो मुद्दाको एक जना न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुने जनाइएको छ । रिट निवेदन दिनेमा अधिवक्ताहरु डा. सुनिल रंजन सिंह, दिनेश त्रिपाठी, स्वागत नेपाल, जगन्नाथ दुलाल लगायत छन् । उनीहरुले सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको भन्दै उल्टाउन माग गरेका छन् ।

सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।

Advertisement

सरकारले टिकटकमाथि प्रतिबन्द लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो । टिकटकलाई प्रतिबन्ध लगाएपछि नेपाल भित्रै यसको पक्ष र विपक्षमा प्रष्ट दुई विभाजित भत देखिएको छ भने टिकटकल समेत नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै आश्चर्यमा परेको बताएको छ ।

टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै गत सोमबार नै पत्र पठाएका छन् । कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेपछि त्यही दिन त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो।

Advertisement

त्यसको जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन अनुरोध गरेको छ। टिकटकले प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ, ’नेपाल सरकारको यो निर्णयबाट लाखौं नेपाली जनताहरू, जसले हाम्रो यो प्लेटफर्ममार्फत रचना र खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित छौं।

यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेका छन्। उनीहरूले यो प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरेका छन्।’ नेपाल सरकारको टिकटक प्रतिबन्धको निर्णयले कम्पनीको लगानी योजनामा असर पर्नुका साथै युवा पुस्ताका नेपाली कन्टेन्ट क्रिएटरहरूलाई समेत असर गर्ने उसले बताएको छ।

नेपालका थुप्रै युवाले टिकटकमार्फत व्यवसाय सञ्चालन गरेको र यसरी बन्द गर्दा उनीहरूको व्यवसायमै समस्या आउने भन्दै टिकटकले चिन्ता व्यक्त गरेको छ। प्रयोगकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै टिकटकले आफ्नो प्लेटफर्मलाई सुरक्षित र स्वागतयोग्य वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ।

पत्रमा टिकटकले नेपालमा टिकटक सञ्चालनका निम्ति गरेका केही प्रयासहरूबारे पनि प्रकाश पारेको छ भने मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको पनि बताएको छ । पत्रमा नेपाल सरकारले यसरी प्रतिबन्ध लगाउनुभन्दा सहयोग गरेमा सुरक्षाको लक्ष्य हासिल गर्न सहज हुने समेत बताइएको छ ।

विज्ञप्तिमा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारसँग भएका सहकार्यविपरित रहेको समेत बताइएको छ । पत्रमा प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टमा के समस्या भएको हो भन्ने पहिचान गर्नका निम्ति टिकटक नेपाल सरकारसँग मिलेर काम गरिरहन प्रतिबद्ध रहेको समेत बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top