Nepal Times
Nepal Times
126
Shares

४ देश सहभागि ट्वान्टी–२० सिरिजमा नेपाल तेस्रो

४ देश सहभागि ट्वान्टी–२० सिरिजमा नेपाल तेस्रो

३ मंसिर,काठमाण्डौ ।
चार देश सम्मिलित महिला ट्वान्टी–२० सिरिजमा उपाधि होडबाट बाहिरिसकेको नेपालले तेस्रो स्थान हासिल गरेको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

नेपालका निम्ति पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ र कप्तान इन्दु वर्माले १२ रन बनाइन् । बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिए । ११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो ।

जापानका निम्ति अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् । बलिङतर्फ नेपालकी संगीता राई, इन्दु वर्मा, सीता रानामगर, खुसी डंगोल र सोनी पाख्रिनले एक एक विकेट लिए । महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका छन् ।

शृङ्खलाको फाइनल खेल आइतबार दिउँसो आयोजक हङ्कङ र जान्जनियाबिच खेलिने छ । नेपाली टोली लिग चरणको आफ्नो पहिलो खेलमा तान्जनियासँग २७ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाललाई हङ्कङले नौ विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.